ट्वान्टी २० विश्वकप

पाकिस्तानको जित यात्रा निरन्तर

दुबई ।  कप्तान बाबर आजमको अर्धशतकप्रेरित पाकिस्तानले आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ । 

शुक्रबार सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्तानलाई पाँच विकेटले हराएको हो ।

अफगानिस्तानले प्रस्तुत गरेको एक सय ४८ रनको लक्ष्य पाकिस्तानले १९ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो ।

पाकिस्तानका लागि बाबरले ५१, फखर जमानले ३० र आसिफ अलीले अविजित २५ रन जोडे ।

पाकिस्तानले पहिलो खेलमा भारत र दोस्रो खेलमा न्युजिल्यान्डलाई पराजित गरेको थियो । यता अफगानिस्तनले भने स्कटल्यान्डलाई एक सय ३० रनले हराएको थियो ।

यसअघि टस जितेर ब्याटिङका लागि आएकोअफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४७ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्तानका लागि कप्तान मोहम्मद नाबी र गुल्बाडिन नाइबले समान ३५ रन जोडे ।