आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः भारतलाई पाकिस्तानको १ सय ९२ रनको लक्ष्य

काठमाडौं । पाकिस्तानले आइसिसी एकदिवसीय विश्वकपमा आयोजक भारतसामु १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अहमेदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९१ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि बाबर आजमले ५८ बलमा ७ चौकाको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी मोहम्मद रिजवानले ४९, इमान उल हकले ३६, अब्दुल्लाह शफिकले २० र हसन अलीले १२ रन बनाए ।

तेस्रो विकेटका लागि आजम र रिजवानले ८२ रनको साझेदारी गरेका थिए । 

भारतका लागि जसप्रित बुमराह, हार्दिक पान्ड्या,मोहम्मद सिराज, कुलदीप यादव र रविन्द्र जडेजाले समान २ विकेट लिए ।

जारी विश्वकपमा दुवै टोलीले सुरुआती दुवै खेल जितेका छन् । यसअघि भारतले अस्ट्रेलियालाई ६ तथा अफगानिस्तानाई ८ विकेट ले पराजित गरेको थियो ।

पाकिस्तानले नेदरल्यान्ड्समाथि ८१ रन र श्रीलंकामाथि ६ विकेटको जित निकालेको थियो ।