वैशाख २६, २०८२ शुक्रबार | १५:१३:४३
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

इचङ्गु टिम च्याम्पियन

काठमाडौं । च्याम्पियन मार्सल आर्ट्स एकेडेमी द्वारा आयोजित एक दिने  प्रथम च्याम्पियन मार्सल आर्ट एकेडेमी जुनियर कराते च्याम्पियनसिप सम्पन्न शनिबार सम्पन्न भएको ।

प्रतियोगितामा १३ टिमका ३ सय खेलाडी सहभागी थिए । ११ औं सागका स्वर्ण पदक विजेता तथा  च्याम्पियन मार्सल आर्ट्सका निर्देशक सुनिल लामाको विशेष सहयोगमा सम्पन्न प्रतियोगितामा पुरुष एकल कातातर्फ  इचङ्गु डोजोका निरज बस्नेत र महिला एकल कातामा इचङ्ग कै रेनिसा रिमाल प्रथम भए ।

महिला १५ केजीमा च्याम्पियन मार्सल आर्ट्सकी रोज्ली थापा , २० केजीमा मनमैजु डोजोकी प्रस्ना ढकाल , २५ केजीमा च्याम्पियन मार्सल आर्ट्सकी रसिका पुडासैनी, ३० केजीमा मनकामना डोजोकी विनिता कुवर र ४५ केजीमा इचङ्गु डोजाकी सोनाम शेर्पा पहिलो स्थानमा रहे ।

यसैगरी ५५ केजीमा च्याम्पियन मार्सल आर्ट्सकी निमा तामाङ, ३० केजीमा मनकामना डोजोकी विनिता कुँवर , ३५ केजीमा मोदर स्कुलकी अलिशा गुरुङ , खुल्ला  तौलसमुहमा भिएस निकेतनकी युनिका राई  र ४० केजीमा मनकामना डोजोकी समिक्षा राना मगरले पहिलो स्थान हासिल गरे ।

पुरुष २० केजीमा भिएस निकेतनका निश्चल खड्का, २५ केजीमा मोदर स्कुलका गौरव सुवेदी, ३० केजीमा मनकामना डोजोका डेबिड राना मगर, ५५ केजीमा इचङ्गु डोजोका सबिर श्रेष्ठ, ६० केजीमा च्याम्पियन डोजोका अनिल बराम , ४५ केजीमा इचङ्गु डोजोका निराजन बस्नेत र ३५ केजीमा मनमैजु डोजोका आयुश गजुरेल प्रथम भए ।

पुरुषमा निश्चल खड्का तथा महिलामा प्रस्ना ढकाल उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १सय ५० अमेरिकी  डलर प्राप्त गरे ।

टिमतर्फ इचङ्गु डोजो, च्याम्पियन मार्सल आर्ट्स र मनकामना डोजोले क्रमशः शीर्ष तीन स्थान हासिल गरेको १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठले जनाएका छन् ।

विजेतालाई नेपाल कराते महासंघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव युवराज लामा, नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ लगायतले पुरस्कृत गरे । सो अवसरमा वरिष्ठ खेल पत्रकार अजय फुयाललाई सम्मान गरिएको थियो ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP