एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला

अफगानिस्तानमाथि पाकिस्तानको फराकिलो जित

काठमाडौं । अफगानिस्तानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा पाकिस्तानले १ सय ४२ रनको फराकिलो जित निकालेको छ ।

जितसँगै पाकिस्तानले तीन खेको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल बिहीबार हुनेछ ।

श्रीलंकको महिन्दा राजापाक्षे अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा पाकिस्तानले  प्रस्तुत गरेको २ सय २ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १९.२ ओभरमा मात्र ५९ रनमा समेटियो ।

अफगानिस्तामनका लागि रहमनुल्लाह गुर्बाजले १८ र अज्मतुल्लाह ओमरजाइले १६ रन बनाउनु बाहेर अन्य ब्यटारले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तानका लागि हरिस रौफले ६.२ ओभरमा दुई मेडनसहित मात्र १५ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी शहिन शाह अफ्रिदीले दुई तथा नसिम शाह र शदाब खानले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ राजेको पाकिस्तानले ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय १ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि  इमान उल हकले ९४ बलमा दुई चौकाको मद्दतमा ६१ रनको योगदान गरे । यसैगरी शदाब खानले ३९, इफ्तिखर अहमदले २०, मोहम्मद रिजवानले २१ र नसिम शाहले अविजित १८ रन बनाए ।

पाँचौं विकेटका लागि उल हक र अहमदले ५० रनको साझेदारी गरेका थिए ।

अफगानिस्तानका लागि मुजिब उर रहमानले तीन, मोहम्मद नबी र राशिद खानले समान दुई तथा फजलहक फारुकी र रहमत शाहले समान एक विकेट लिए ।