कैलाली जिल्ला क्रिकेट संघ

कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षमा विष्ट निर्विरोध

काठमाडौं । विक्रम विष्ट कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षमा चयन भएका छन् ।

बिहीबार सम्पन्न संघको साधारण सभा तथा अघिवेशले विष्टलाई निर्विरोध चयन गरेको हो ।  यसैगरी सम्भू लामिछाने उपाध्यक्ष देवनारायण झा सचिव र विनोद लामा कोपाध्यक्षमा चुनिएका छन् ।

यस्तै अधिवेशले रतन कठायत,लोकबहादुर खड्का (रवि), रुपकबहादुर विष्ट, ज्ञानेन्द्र डदिमान क्षेत्री, बाबुराज श्रेष्ठ, गोविन्दराज जोशी, पदमबहादुर सिंह, दिनेश महर्जन, गणेश रजक, सम्राट सिंह र कमलराज जोशीलाई सदस्यमा चुयन गरेको छ ।