झापा-११ फुटबल क्लब

भारतमा झापालाई उपाधि

काठमाडौं । नेपालको झापा-११ फुटबल क्लबले भारतको सिकिममा भएको फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

झापाले भाइचुङग रंगशालामा सम्पन्न फाइनलमा स्थानिय रेड पान्डा फुटबल क्लबविरुद्ध ३-० को सहज जित निकाले हो ।

भारतको ७७औं स्वतन्त्रता दिवसको अवसरमा भएको प्रतियोगिता जितेसँगै झापाले २ लाख भारतीय रुपैयाँ (भारु) सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।

प्रतियोगिता सिकिमको नाम्ची जिल्ला फुटबल संघको आयोजनामा भएको थियो ।