नेपाल क्रिकेट संघ

६ खेलाडी विशेष प्रशिक्षणका लागि भारत प्रस्थान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विशेष प्रशिक्षणका लागि ६ खेलाडीलाई भारत पठाइएको छ ।

क्यानका अनुसार एक महिने प्रशिक्षणका लागि खेलाडी शनिबार नै दिल्ली प्रस्थान गरेका छन् । क्यानले तिव्र गतिका बलर कमलसिंह ऐरी र कमल खत्री, ब्यटार विनोद भन्डारी र लोकेश बम,स्पिनर सागर ढकाल तथा अलराउन्डर विवेक यादवलाई भारत पठाएको हो ।

उनीहरुलाई प्रदिप साहुले प्रशिक्षण दिनेछन् ।