वैशाख २६, २०८२ शुक्रबार | १५:०६:५५
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

तेक्वान्दो खेलाडीलाई ट्रयाकसुट र टिसर्ट वितरण

काठमाडौं । चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुद अन्तर्गत तेक्वान्दोमा सहभागी हुने काठमाडौंका खेलाडीलाई काठमाडौं जिल्ला तेक्वान्दो संघले प्रोत्साहन स्वरुप ट्रयाकसुट र टिसर्ट वितरण गरेको छ ।

काठमाडौंबाट आयशा लामा र अन्जली तामाङ एसियाली खेलकुदमा सहभागी हुँदैछन् । सोही अवसरमा तेक्वान्दो टोलीका प्रशिक्षकत्रय टीकाबहादुर लिम्बु कविराज खड्गी र कुमार लामा घिसिङलाई पनि ट्रयाकसुट र टिसर्ट प्रदान गरिएको थियो ।

काठमाडौं जिल्ला तेक्वान्दो संघले आफ्नै नवनिर्वाचित पदाधिकारीको परिचयात्मक कार्यक्रम तथा तेक्वान्दो डोजाङ÷स्कुलका प्रमुखलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा एसियाली खेलकुदमा सहभागी हुने उनीहरुलाई ट्रयाकसुट र टिसर्ट प्रदान गरिएको हो ।

तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले उनीहरुलाई ट्रयाकसुट र टिसर्ट हस्तान्तरण गरे ।

कार्यक्रममा मेयर महर्जनले तार्केश्वर नगरपालिकाले चालू आर्थिक वर्षमा खेलकुदका लागि १ करोड बजेट विनियोजन गरेको बताउदै हरेक स्थानिय तहले राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम मध्येको एक खेलकुदलाई विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिए ।

अध्यक्ष खड्गीले काठमाडौं जिल्ला तेक्वान्दो संघको नयाँ कार्यसमितिको एक मात्र उद्देश्य निस्वार्थ ढंगले तेक्वान्दोको विकास र विस्तारमा लाग्नु रहेको बताए ।

कार्यक्रमका दौरान खेल खेल्ने क्रममा घाइते भएका युन्सुब तेक्वान्दो डोजोङका खेलाडी आयुशसिंह ठकुरीको उपचार गर्न आर्थिक सहयोगका लागि आह्वान गरिएको थियो ।

सो क्रममा मेयर महर्जन र नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले समान १० हजार तथा धर्मस्थली तेक्वान्दो डोजाङका प्रमुख सानुबाबु महर्जनले पाँच हजार आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP