आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोट

नेपालको प्रारम्भिक टोली घोषणा

फाइल फोटो

काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।  

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।  

ट्वान्टी-२० विश्वकपको एसिया छनोट मलेसियामा आयोजना हुँदैछ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित बहराइन, भुटान, मलेसिया, कतार र यूएई छन् ।

नेपालले अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगी नेपालले सेप्टेम्बर १ मा बहराइन, सेप्टेम्बर ३ मा भुटान, सेप्टेम्बर ४ मा कतार र सेप्टेम्बर ६ मा युएईको समान गर्नेछ ।

समूह ‘बी’ मा चीन, हङकङ, म्यानमार, थाइल्यान्ड र कुवेत छन् । प्रतियोगिताबाट दुई टोली विश्व छनोट ( ग्लोवल क्वालिफाय) मा पुग्नेछन् ।  

नेपालको प्रारम्भिक टोली 
रुबिना क्षेत्री, सीता राना मगर, नेरी थापा, इन्दु बर्मा, कविता कुँवर, रोमा थापा, कविता जोशी, ज्योति पाण्डे, अस्मिना कर्माचार्य,अप्सरी बेगम, कृतिका मरासनी, विन्दू रावल,कालोज श्रेष्ठ, सम्झना खड्का, इश्वरी विष्ट, सरस्वती चौधरी, रुबी पोदार, मनिषा चौधरी, खुसी डंगोल, पूजा महतो, सबनम राई, कञ्चन श्रेष्ठ, श्रृष्टि जैशी, स्नेहा महरा