पिएसजी

अल हिलालको प्रस्ताव अस्विकार

काठमाडौं। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पिएसजी)ले इटालियन मिडफिल्डर मार्को भेराटी अनुबन्धका लागि साउदी अरेबियन क्लब अल हिलालको प्रस्तावलाई अस्विकार गरेको छ ।

पिएसजीले भेराटीलाई ३० मिलियन युरोमा तीन वर्षको सम्झौतामा अनुबन्ध गर्ने प्रस्तावलाई अस्विकार गरेको हो ।

सन् २०१२ मा इटालियन क्लब डेल्फिनो पेस्काराबाट पिएसजी भित्रिएका भेराटीले २ सय ७६ फ्रेन्च लिग वान खेलमा सात गोल गरेका छन् । भेराटी र पिएसजीबीचको सम्झौता सन् २०२६ सम्म छ ।

अल हिलाल खेलाडी अनुबन्धमा आक्रमक देखिएको छ । यसै सिजन ब्राजिलका मिडफिल्डर माल्कोम, सेनेगलका रक्षक कालीडोउ काउलीबाली, सर्वियाका मिडफिल्डर सर्ज मिलिन्कोभिक र सेभिक तथा पोर्चुगिज मिडफिल्डर रुवेन नेभस अल हिलामा अनुबन्ध भइसकेका छन् ।