नेपाल युएई क्रिकेट

नेपाल र युएईबीच ‘होम एन्ड अवे’ शृंखला हुने

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच  पाँच वर्षसम्म ‘होम एन्ड अवे’ क्रिकेट शृंखला हुने भएको छ ।

दक्षिण अफ्रिकामा १० देखि १४ जुलाईसम्म अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को बैठकमा सहभागीता जनाउँदा दुई क्रिकेट संघबीच सम्झौता भएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुबहादुर चन्दले यसको पुष्टि गरेका छन् । ‘नेपालको महिला तथा पुरुष र युएईको दुबै टोलीबीच पाँचवर्षको लागि शृंखला आयोजना गर्न सम्झौता भएको हो,’ चन्दले भने ।

अब, दुवै राष्ट्रका पुरुष र महिला टोलीले एक–अर्काको मैदानमा शृंखला खेल्ने पक्का भएको छ । द्विपक्षिय सम्झौतामा नेपालको तर्फबाट अध्यक्ष चन्द र कार्यवहाक सचिव दुर्गाराज पाठकको उपस्थिति रहेको हो ।

यसैगरी टेष्ट राष्ट्र जिम्बावे, वेस्ट इन्डिज तथा एसोसिएट राष्ट्र नेदरल्यान्ड्सबीच शृंखला आयोजना गर्न मौखिक सम्झौता भएको चन्दले बताएका छन् । उनले चाडै लिखित सम्झौता हुने विश्वास ब्यक्त गरेका छन् ।