म्यानचेस्टर युनाइटेड

युनाइटेडको जितमा भान बिकको गोल

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडले प्रि सिजनमा दोस्रो जित निकालेको छ । बिहीबार राति युनाइटेडले लियोनमाथि १–० को जित निकालेको हो ।

युनाइटेडेको जितमा डच खेलाडी डोनी भान डी बिकले दोस्रो हाफमा निर्णायक गोल गरेका हुन् । भान बिकले आफ्नो पुनरागमन स्मरणयोग्य बनाएका छन् । गोलपछि उनी निकै भावुक बनेका थिए ।

गत जनवरीमा घुँडाको चोटपछि भान बिक लामो समय मैदान बाहिर बस्नु परेको थियो । त्यसअघि उनी सन् २०२० सम्म आयाक्स थिए । सन् २०२० मा ३४ खेल युनाइटेडबाट खेले । एभर्टनमा लोनमा रहँदा सात खेल खेलका छन् ।

भान बिकले ६ महिनापछि मैदान फर्कदा खुसी भएको प्रतिक्रिया दिएका छन् । ‘६ महिनापछि यो मेरो पहिलो खेल हो । निकै राम्रो भयो । निकै संघर्षपछि मैदान फर्किएको छु,’ उनले भनेका छन् ।

यसअघि खेलको पहिलो हाफमा युनाइटेडले तीन सुन्दर अवसर सृजना गरेको थियो । एन्टोनी, एन्थोनी लोप्सले पाएको अवसर सदुपयोग गर्न सकेनन् ।