एसेज शृंखला

लायनले एसेज शृंखलाका बाँकी खेल गुमाउने

काठमाडौं । अस्ट्रेलियनका बलर नाथन लायनले इङ्ल्यान्डविरुद्धको एसेज शृंखलाका बाँकी ३ खेल गुमाउने भएका छन् ।

लायनले काल्फ इन्जुरीका कारण शृंखलामा बाँकी खेल गुमाउने भएका हुन् ।

दोस्रो टेस्टको पहिलो इनिङका क्रममा लायन घाइते भएका थिए । लायनले शृंखलाका ३ इङिमा ९ विकेट लिएका थिए ।

पाँच खेलमा शृंखलामा अस्ट्रेलिया २-० ले अघि छ । शृंखलाको तेस्रो खेल जुलाई ६ देखि सुरु हुनेछ ।