चितवनलाई पोखराको मध्यम लक्ष्य 

काठमाडौं, (खेलाडी)-  विवेक यादवको अर्धशतकमा पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सलाई जितका लागि एक सय २४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै एक सय २३ रनको योगफल खडा गरेको थियो ।

 पोखराका विवेकले ४५ बलमा समान तीन चौका र छक्का मद्दतमा अविजित ५३ रन बनाए । त्यस्तै असेला गुणारत्नेले २५ र ओपनर रिचार्ड लेबीले २० रन बनाए ।

चितवनका सहाब आलम र कमलसिंह ऐरीले समान दुई विकेट लिए ।