क्रिकेट
भैरहवालाई विराटनगरको ९० रनको लक्ष्य
काठमाडौं, (खेलाडी)- एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्ससामु बिराटनगर वारियर्सले ९० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको बिराटनगरले १७.४ ओभरमा सबै विकेट गुमाउदै ८९ रन मात्र जोड्यो ।
विराटनगरका दिलसान मुनविराले सर्वाधिक २५, सुमित महर्जनले १३ ,अनिल शाह र ओपनर आसिफ शेखले समान ११ रन जोडे ।
भैरहवाका धमिका प्रसाद र आरिफ शेखले समान तीन विकेट लिए ।