टेस्ट क्रिकेट

भारत चार सय ४४ रनले पछाडी

काठमाडौं । घरेलु टोली भारत अस्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेस्टमा चार सय ४४ रनले पछि परेको छ ।

अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा पहिलो इनिङको दोस्रो दिन समाप्त हुँदा भारत कुनै पनि विकेट नगुमाइ ३६ रन बनाएर खेलिरहेको छ । भारतका लागि शुभमन गिल १८ र कप्तान रोहित शर्मा १७ रन बनाएर खेलिरहेका छन् ।

भारतले यही स्थितीबाट तेस्रो दिनको सुरुआत गर्नेछ ।  

यसअघि टस जितेर ब्याटिङ राजेको अस्ट्रेलियाले पहिलो इनिङमा सबै विकेट गुमाउँदै चार सय ८० रन बनाएको थियो । २५५-४ को स्थितीबाट दोस्रो दिनको सुरुआत गरेको अस्ट्रेलियाले दुई सय २५ रन बनाउँदा बाँकी ६ विकेट गुमाएको थियो ।

अस्ट्रेलियाका लागि उस्मान ख्वाजाले चार सय २२ बलमा २१ चौका मद्दतमा एक सय ८० रन बनाए । । यसैगरी क्यारोन ग्रिनले एक सय ७० बलमा बलमा १८ चौकाको मद्दतमा एक सय १४, टोड मर्फीले ४१, कप्तान स्टिभ स्मिथले ३८, नाथन लायनले ३४,ट्राभिस हेडले ३२ र पिटर ह्यान्ड्सकोम्बले १७  रन जोडे ।

भारतका लागि रवीचन्द्रन आश्विनले ६, मोहम्मद सामीले दुई रवीन्द्र जडेजा र अक्षर पटेलले समान एक विकेट लिए ।

अस्ट्रेलिया भारतलाई हराउँदै शृंखला बारबरी गर्ने सोचमा छ । भारत पनि अस्ट्रेलियालई हराउँदै शृंखलामाथि कब्जा जमाउन चाहन्छ ।

भारत पहिलो टेस्टमा एक इनिङ र एक सय ३२ रन तथा दोस्रो टेस्टमा ६ विकेटले विजयी हुँदा तेस्रो टेस्टमा अस्ट्रेलियाले नौ विकेटको जित निकालेको थियो ।