विराटनगरको खराब सुरुआत 


काठमाडौं, (खेलाडी)-  विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग(इपिएल)मा  चितवन टाइगर्सविरुद्ध खराब सुरुआत गरेको छ ।  

पाँच ओभरको समाप्तीमा विराटनगर २०- ३ को स्थितीमा खेलिरहेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले पहिलो ओभरको दोस्रो बलमा ओपनर आसिफ शेखलाई गुमायो । आसिफलाई चितवनका कप्तान सोमपाल कामीले करिम जनतबाट क्याच गराएका थिए ।

पहिलो ओभरको अन्तिम बलमा सोमपालले रायन पठानलाई बोल्ड गर्दा विराटनगरले ६  रनमा दोस्रो विकेट गुमायो । दोस्रो ओभरको पाँचौ बलमा कलमसिंह ऐरीले दुई रन मात्र जोडेका अर्को ओपनर चन्द्रपाउल हेमराजलाई बोल्ड गरेपछि विराटनगर दबाबमा आएको हो ।

अहिले क्रिजमा सिकन्दर राजा ६ र अनिल शाह पाँच रनमा खेलिरहेका छन् ।

यी दुई टोलीबीचको खेल अबको केही क्षणमै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । दुवै टोली प्रतियोगितामा सुखद सुरुआतको लक्ष्यमा छन् ।
विराटनगर करण केसीको कप्तानीमा रहेको छ भने चितवनको कप्तानी सोमपाल कामीले गर्नेछन् ।