आइसिसी यु-१९ पुरुष विश्वकप एसिया छनोट

लगातार दोस्रो जितको लक्ष्यमा नेपाल

काठमाडौं । नेपालले आइसिसी यु-१९ पुरुष विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा कुवेतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बिहान १०ः४५ मा मलेक क्रिकेट ग्राउन्डमा सुरु हुनेछ ।

नेपाल कुवेतलाई हराउँदै लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । नेपालले शुक्रबार सम्पन्न पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराएको थियो ।

पहिलो खेलमा हङकङसँग एक विकेटले पराजित भएको कुवेत पनि नेपाललाई स्तब्ध बनाउँदै पहिलो जित निकाल्ने सोचमा छ ।

नेपाल देव खनाल तथा कुवेत जुड साल्दान्हाको कप्तानीमा मैदान उत्रिनेछन् । 

नेपाल र कुवेतले पछिल्लो पटक एसिसी यु-१९ एसिया कपमा एक अर्काको सामना गरेका थिए । जसमा कुवेतले एक विकेटको रोमाञ्चक जित निकालेको थियो ।

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत सहभागी छन् ।

सिंगल राउन्ड रोबिन पद्धतीमा हुने प्रतियोगिताको विजेता २०२४ मा श्रीलंकामा हुने आइसिसी यु-१९ विश्वकपका लागि छनोट हुनेछ ।