वैशाख ३०, २०८२ मंगलबार | १९:१५:४८
काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज यु-२० महिला फुटबल टोली निर्माणका लागि खुला छनोट हुने माइक हेसन पाकिस्तानको प्रशिक्षकमा नियुक्त नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज यु-२० महिला फुटबल टोली निर्माणका लागि खुला छनोट हुने माइक हेसन पाकिस्तानको प्रशिक्षकमा नियुक्त नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल

ट्वान्टी विश्वकपः दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

काठमाडौं । इङ्ल्यान्डलाई  ६ रनले पराजित गर्दै आयोजक दक्षिण अफ्रिका पहिलो पटक आइसिसी महिला ट्वान्टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

केपटाउन स्थित न्युल्यान्ड्स क्रिकेट मैदानमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा  दक्षिण अफ्रिकाले प्रस्तुत गरेको एक सय ६५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले २० ओभर नै ब्यािटङ गरे पनि आठ विकेट गुमाउँदै एक सय ५८ रन मात्र बनाउन सक्यो ।

इङ्ल्यान्डका लागि नाट स्क्रिभर ब्रन्टले ३४ बलमा पाँच चौकाको मद्दतमा सर्वाधिक ४० रन जोडिन् । यसैगरी ड्यानी वायटले ३४, कप्तान हेदर नाइटले ३१ र सोफी डङ्कलीले २८ रन जोडे ।

पहिलो विकेटका लागि ड्यानी र सोफीले ५३ रनको साझेदारी गरेका थिए ।

दक्षिण अफ्रिकाका लागि एयाबोङ्गा खाकाले चार, सबनिम स्माइल तीन तथा नादिनी डि क्लार्कले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६४ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि ताज्मिन ब्रिट्सले ५५ बलमा ६ चौका र दुई चौका मद्दतमा सर्वाधिक ६८ रन जोडिन्  । यसैगरी लोरा उल्भर्डटले ४४ बलमा पाँच चौका र एक छक्का मद्दतमा ५३ र मारिजेन कापले अविजित २७ रन जोडे ।

पहिलो विकेटका लागि ताज्मिन र लोराले ९६ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई राम्रो सुरुआत दिलाएका थिए ।

इङ्ल्यान्डका लागि सोफी एक्लेस्टोनले तीन तथा लोरेन बेलले एक विकेट लिए ।

इङ्ल्यान्ड समूह ‘बी’ को विजेता तथा दक्षिण अफ्रिका समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।

दक्षिण अफ्रिकाले फाइनलमा आइतबार साबिक विजेता अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

बिहिबार भएको पहिलो सेमिफाइनलमा भारतलाई पाँच रनले हराउँदै अस्ट्रेलियाले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP