काठमाडौंको सहज जित

काठमाडौं,(खेलाडी)- रायन बर्लको आक्रामक ब्याटिङप्रेरित काठमाडौं किग्सले एभरेष्ट प्रिमियर लिग(इपिएल) मा विजयी सुरुआत गरेको छ ।

शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले ललितपुर पेट्रियट्सलाई ७  विकेटले हराएको हो ।

ललितपुरले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य काठमाडौंले  १४.२ ओभरमा मात्र ३ विकेट क्षतीमा  पूरा ग¥यो ।

काठमाडौंको सहज जितमा बर्लले सर्वाधिक अविजित ७३  रन जोड्दा रहमानुल्ला गुर्बाजले ३६ बलमा ४ चोैका र ६ छक्का मद्दतमा ५९ रनको योगदान गरे ।
सात रन जोड्दा ओपनर सुवास खकुरेलाई गुमाएको काठमाडौंले ११ रन जोद्दा अमित श्रेष्ठलाई गुमाएको थियो ।

सुवास र अमितलाई ललितपुरका विकेटकिपर शंकर रानाले रनआउट गरे ।
१२–२ मा ब्याटिङका लागि आएका बर्लले ओपनर गुर्बाजसँग तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए । त्यस्तै बर्लले चौथो विकेटका लागि राजु रिजालसँग अविजित अविजित ७० रनको साझेदारी गरका थिए ।

बर्लले ३३ बलमा ३ चोैका र ७ छक्का मद्दतमा अविजित ६९ रन जोडे ।

यसअघि पवन सराफको अर्धशतकप्रेरित ललितपुर पेट्रियटस्ले काठमाडौं किग्स एलेभनलाई रनको १ सय ६४ लक्ष्य दिएको थियो ।


टस हारेर ब्याटिङको निम्तो पाएको  ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६३ रन बनायो ।


काठमाडौंका लागि पवन सराफले सर्वाधिक ६१ रन जोडे ।पवनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।


टस हारेर ब्याटिङकालागि उत्रिएको काठमाडौले पहिलो ओभरको पहिलो बलमै कप्तान तथा ओपनर कुशल भुर्तेललाई गुमायो ।


कुशललाई काठमाडौंका जितेन्द्र मुखियाले विकेटकिपर रहमानउल्ला गुरबाजबाट क्याच  गराएका थिए ।  पहिलो ओभरको अन्तिम बलमा जितेन्द्रले सन्दुन भिराकोडेलाई राजु रिजालबाट क्याच गराए ।

२–२ को अवस्थामा ब्याटिङका लागि आएका ओसाडा फर्नान्डोलाई गुल्सन झाले दोस्रो ओभरको तेस्रो बलमा एल्बीडब्लुको शिकार बनाएपछि काठमाडौं ७–३ को कठिन स्थितीमा पुगेको थियो ।
पवनले चौथो विकेटका लागि शंकर रानासँग ५६ रनको साझेदारी गरेका थिए । शंकरले १४ रन बनाए ।

पवनले पाँचौ विकेटका लागि योगेन्द्रसिंह कार्कीसँग ६२ रनको साझेदारीका साथ काठमाडौलाई सम्मानजनक योगफलतर्फ डोहो¥याएका थिए ।


योगेन्द्रसिंहले २० बलमा तीन छक्का मद्दतमा ३३ रन जोडे ।


काठमाडौका जितेन्द्रले चार ,रायन ब्रुल र गुल्सन झाले समान दुई  विकट लिए ।