आइसीसी महिला ट्वान्टी-२०विश्वकप

ट्वान्टी-२० विश्वकपः इङ्ल्यान्डको सुखद सुरुआत

काठमाडौं । इङ्ल्यान्डले दक्षिण अफ्रिकामा जारी आइसीसी महिला ट्वान्टी-२०विश्वकपमा सुखद सुरुआत गरेको छ ।

इङ्ल्यान्डले पार्लस्थित बोल्यान्ड पार्कमा शनिबार सम्पन्न खेलमा वेस्ट इन्डिजलाई सात विकेटले पराजित गरेको हो ।

यो जितसँगै समूह ‘बी’को इङ्ल्यान्डले दुई अंक जोड्दा वेस्ट इन्डिजले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।  

वेस्ट इन्डिजले प्रस्तुत गरेको एक सय ३६ रनको लक्ष्य इङ्ल्यान्डले १४.३ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो ।

 इङ्ल्यान्डका लागि नाट ब्रन्टले ३० बलमा ६ चौका र एक छक्का मद्दतमा अविजित रहँदै ४० रन बनाइन् । यसैगरी शोफिया डुन्केलीले ३४, कप्तान हैदर नाइट्सले अविजित ३२ र एलिस क्याप्सीले १३ रन जोडे ।

वेस्ट इण्डिजका लागि चिनेली हेनरीले दुई तथा एफी फ्लेचरले एक विकेट लिए ।

यसअघि  टस जितेर ब्याटिङ राजेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३५ रनको योगफल तयार पारेको थियो ।

वेस्ट इण्डिजका लागि कप्तान हेली म्याथ्युजले ३२ बलमा आठ चौका मद्दतमा सर्वाधिक ४२ रन जोडिन् । शिमेनी च्याम्पबेलले ३४, चिनेली हेनरीले १४ र एफी फ्लेचरले १० रन बनाए ।

इङ्ल्यान्डका लागि सोफी एक्लेस्टोनले तीन तथा काथिरिन ब्रन्ट र सारा ग्लेनले समान एक विकेट लिए ।