भलिबल

भलिबल संघको आठौं पूर्ण बैठक सुरु

काठमाडौं । नेपाल भलिबल संघको आठौं पूर्ण बैठक आजबाट सुरु भएको छ ।

भक्तपुरको दरबार स्क्वायरको ख्वापा चेन रेस्टुरेन्टमा बिहीबार बिहान आठ बजेदेखि बैठक सुरु भएको हो ।

आजको बैठकले संघको केन्द्रिय चुनावको मिति तय गर्ने बताइएको छ ।बैठकमा संघका पदाधिकारी, जिल्ला तथा प्रदेशका संघका अध्यक्षको उपस्थिती रहेको छ ।

वर्तमान नेतृत्वको कार्यकाल सकिएको दुई वर्ष बितिसक्दा पनि संघको निर्वाचन हुन सकेको छ । उक्त बैठकले निर्वाचन गर्ने मिति तय गर्ने, बाग्मती प्रदेशको निर्वाचनमा देखिएको विवाद, राष्ट्रिय महिला तथा पुरुष एनभिए च्याम्पियनसिपमा भएको विवादको बारेमा पनि छलफल हुने बताइएको छ ।

हालसम्म संघको सात मध्ये ६ प्रदेश र ७७ वटा जिल्लाको निर्वाचन सम्पन्न भैसकेको छ । यसअघि संघको सातोै पूर्ण बैठक पोखरामा बसेको थियो ।