भिएनएल

भिएनएलः ब्राजिललाई हराउँदै अमेरिका सेमिफाइनलमा

रोम । साविक विजेता ब्राजिललाई हराउँदै अमेरिका भलिबल नेसन्स लिग (भिएनएल) २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

इटालीको राजधानी रोमामा बुधबार सम्पन्न पुरुषतर्फको क्वार्टरफाइनलमा अमेरिकाले ब्राजिलमाथि २०–२५ २५–२२ २५–२३ २५–१७ को सेटमा जित निकाल्यो । अमेरिका तेस्रो पटक भिएनएलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

बिहीबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा इटालीले नेदरल्यान्ड्सलाई २१–२५ २५–२२ २५–१३ २५–२२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो । इटाली पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो ।

अमेरिकाले सेमिफाइनलमा पोल्यान्ड र इरानबीचको विजेतासँग तथा इटालीले फ्रान्स र जापानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलका खेलहरु शनिबारदेखि सुरु हुनेछन् ।

जुलाई आठ देखि सुरु भएको प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको फाइनल जुलाई २५ मा हुनेछ । 

महिलातर्फको उपाधि भने इटालीले जितिसकेको छ ।