एथ्लेटिक्स

नेपालमा सुरु पहिलो खेल एथलेटिक्स

फाइल तस्वीर ।

काठमाडौं । विक्रम सम्वत् २००४ साल । यो मिति विज्ञानको नयाँ सिर्जना वा विश्व इतिहासका कुनै घटना भएका दिन भने होइन । तर, नेपाली खेलकुदका लागि भने यो विशेष वर्ष हो । अझ भनौं नेपालको एथलेटिक्समा यो मितिले विशेष अर्थ राख्छ ।

धरहराबाट दक्षिणपट्टि मन्दिर छेउमा बाघदरबार थियो । त्यही दरबारभित्र चल्थ्यो नेपालको एथलेटिक्स खेलको गतिविधि । सुशील शमशेर फुटबल र ब्याडमिन्टनका पनि अध्यक्ष थिए । नेपाली खेलकुद नै बाघदरबारबाट चथ्र्यो भनेर पुरानो खेलकर्मीको मुखबाट सुन्न पाइन्छ । सन् १९४८ मा नै नेपालले विश्व एथलेटिक्सको सदस्यता पाएको थियो । 

किनकि यो साल (वर्ष) नेपालमा एथलेटिक्सको जन्म भएको तथ्यांक छ । यसको संस्थापक थिए, सुशील शमशेर राणा । उनी राजा वीरेन्द्र शाहका मामा हुन् । धरहराबाट दक्षिणपट्टि मन्दिर छेउमा बाघदरबार थियो । त्यही दरबारभित्र चल्थ्यो नेपालको एथलेटिक्स खेलको गतिविधि । सुशील शमशेर फुटबल र ब्याडमिन्टनका पनि अध्यक्ष थिए । नेपाली खेलकुद नै बाघदरबारबाट चथ्र्यो भनेर पुरानो खेलकर्मीको मुखबाट सुन्न पाइन्छ । सन् १९४८ मा नै नेपालले विश्व एथलेटिक्सको सदस्यता पाएको थियो । त्यसका लागि उनै सुशील शमशेरले नै पहल गरेको मान्न सकिन्छ । 

नेपाली खेलकुदमा विशेष योगदान पुर्याएका प्रशासक आरबी सिंह पनि त्यही दरबारमा हुन्थे । अब जाऊ एथलेटिक्सतर्फ नै । नेपालमा एथलेटिक्स खेलको जग भने नर शम्शेर राणाले बसालेको पुराना खेलाडीहरू बताउने गर्छन् । उनै नर शमशेरलाई ‘फादर अफ नेपाली स्पोर्ट्स ’का रूपमा मान्ने गरिन्छ । किनकि नर शमशेरले नेपालमा धेरै खेल भित्र्याएको एकाथरिको विश्वास छ । एथलेटिक्ससँगै हक्की, फुटबल र क्रिकेट सुरु हुनुको पछाडि उनकै योगदान रहेको छ । यद्यपि नेपालमा अभिलेख राख्ने परम्परा नभएकाले यसबारे कुनै तथ्यांक र प्रमाण भने छैन ।

नेपालमा एथलेटिक्स कसरी सुरु भयो त ? २००७ सालको क्रान्तिअघि नै स्थापना गरिएको खेलसंस्था यहीमात्र हो । तथापि त्यो समय हक्की र ब्याडमिन्टन पनि स्थापना भइसकेको केही खेलकर्मीको दाबी छ ।

नेपालमा एथलेटिक्स कसरी सुरु भयो त ? २००७ सालको क्रान्तिअघि नै स्थापना गरिएको खेलसंस्था यहीमात्र हो । तथापि त्यो समय हक्की र ब्याडमिन्टन पनि स्थापना भइसकेको केही खेलकर्मीको दाबी छ । देशमा खेलकुदको संस्थागत विकास हुनुपूर्व नै विभिन्न परम्परागत र आधुनिक खेलहरू खेलिँदै आएको पाइन्छ । खेलक्षेत्रको इतिहास खोतल्दै जाँदा ००४ सालबाट विभिन्न खेल संघ गठन भई खेलकुदको संस्थागत सुरु भएको मान्न सकिन्छ । तर, यसका यथेस्ट प्रमाण भने कहीं भेटिँदैन । तर, पुराना खेलकर्मी भने आफूहरूले पनि यही सुनेको बताउँछन् ।

नेपालमा खेलकुदको विकास र विस्तारका लागि २०१५ सालमा राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद स्थापना भयो । जुन अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) भइसकेको छ । यसको पहिलो सदस्यसचिव थिए होराप्रसाद जोशी । दोस्रो कार्यकाल भने एथलेटिक्सकै संस्थापक सुशील शमशेरले सम्हालेका थिए । राखेपमा दर्ता भएको पहिलो खेल संघ थियो नेपाल एमेच्योर एथलेटिक्स । परिषद्मा दर्ता हुनुअघि नै नेपाल एमेच्योर एथलेटिक्स संघ गठन भएको थियो, जुन २०१४ सालमा ।

सोही वर्ष नै संघले पहिलो प्रतियोगिता पनि सम्पन्न गर्यो । भारतको नयाँ दिल्लीमा सन् १९५१ मा पहिलो एसियाली खेलकुद हुँदै थियो । सोही एसियाडको प्रत्यक्ष उपज हो, एमेच्योर एथलेटिक्स संघ । एसियाली खेलकुदमा भाग लिएर नेपाली प्रतिनिधिमण्डल देश फर्कंनासाथ संघ गठन भएको हो । उक्त एसियाडमा नेपालको तर्फबाट गजराज जोशीले प्रतिस्पर्धा गरेका थिए । त्यसैले उनी अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खेल्ने पहिलो नेपाली धावक पनि हुन् ।

नेपाली खेलकुदकै पुरानो संस्था भए पनि एथलेटिक्सले खासै ठूलो फड्को मार्न भने सकेन । नेपालले पहिलोपल्ट सन् १९६४ मा १८औं संस्करणको टोकियो ओलम्पिकमा खेलेको थियो । त्यो, बेला नेपालबाट दुई खेलका चार खेलाडीले प्रतिस्पर्धा गर्दा एथलेटिक्सले नै अवसर पाएको थियो ।

दिल्लीबाट फर्किएको केही वर्षपछि आधिकारिक रूपमा नेपालले संघ गठन गर्यो । तत्कालीन प्रधानमन्त्री (राणा शासनका अन्तिम तथा प्रजातान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री) मोहन शमशेर जबराका छोरा जनरल विजय शमशेरको अध्यक्षतामा नेपाल एमेच्योर एथलेटिक्स संघ स्थापना भयो । उनै नर शमशेर राणा भने सदस्य भए । संघका उपाध्यक्षमा एसपी फत्तबहादुर सिंह, गणेश शेरचन, सचिवमा द्वारिकारामभक्त माथेमा, सहसचिवमा बलराम पराजुली, कोषाध्यक्षमा मोहनराज जोशी, सदस्यमा नर शमशेरसहित लक्ष्मण शाह, नरेश अधिकारी र विदुर ढुंगाना थिए ।

नेपाली खेलकुदकै पुरानो संस्था भए पनि एथलेटिक्सले खासै ठूलो फड्को मार्न भने सकेन । नेपालले पहिलोपल्ट सन् १९६४ मा १८औं संस्करणको टोकियो ओलम्पिकमा खेलेको थियो । त्यो, बेला नेपालबाट दुई खेलका चार खेलाडीले प्रतिस्पर्धा गर्दा एथलेटिक्सले नै अवसर पाएको थियो । एथलेटिक्सबाट भूपेन्द्र सिलवाल र गंगाबहादुर थापा मगरले सहभागिता जनाए । त्यसपछि नेपाल सन् १९६८ को १९औं गृष्मकालीन ओलम्पिकमा भने सहभागी थिएन । त्यसको चार वर्षपछि भने नेपालले सहभागिता जनायो । त्यतिबेला नेपालका तर्फबाट एथ्लेटिक्सको मात्र सहभागिता थियो ।

जितबहादुर केसी र भक्तबहादुर थापाले त्यो ओलम्पिक खेलेका थिए । त्यसको एक वर्षपछि नै नेपाली खेलकुदले ऐतिहासिक सफलता प्राप्त गर्यो । त्यो सफलता एथलेटिक्सले नै दिलायो । सन् १९७३ मा फिलिपिन्सको मनिलामा आयोजित एसियन ट्रयाक एन्ड फिल्ड प्रतियोगितामा जितबहादुरले पदक जिते । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको यो नै पहिलो पदक हो । यो स्पर्धामा दक्षिण कोरियाका दुई खेलाडी पहिलो र दोस्रो भए । जितबहादुरले भने २ घन्टा २८ मिनेटमा दौड पूरा गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाए ।

तत्कालीन राजा महेन्द्रको राज्याभिषेकमा भव्य रूपमा एथलेटिक्स खेलको प्रदर्शन भयो । त्यो प्रदर्शन नेपालको एथलेटिक्सका लागि ठूलो अवसर बन्यो । त्यसपछि फेरि एथलेटिक्समा नयाँ उत्साह सिर्जना हुन थाल्यो ।

त्यसयता एसियाली प्रतिस्पर्धामा नेपाली एथलेटिक्सको प्रदर्शन सुखद छैन । नयाँ दिल्लीको एसियाली खेलकुदपछि गठन भएको संघ त्यति सक्रिय हुन सकेन । नेपालले सन् १९५४ मा मनिलामा सम्पन्न दोस्रो एसियाली खेलकुदमा भाग लिएन । जसका कारण सीमित अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पाउने एथलेटिक्स केही वर्ष निस्क्रियजस्तै देखियो । त्यसको दुई वर्षपछि तत्कालीन राजा महेन्द्रको राज्याभिषेकमा भव्य रूपमा एथलेटिक्स खेलको प्रदर्शन भयो । त्यो प्रदर्शन नेपालको एथलेटिक्सका लागि ठूलो अवसर बन्यो । त्यसपछि फेरि एथलेटिक्समा नयाँ उत्साह सिर्जना हुन थाल्यो ।

एथलेटिक्स संघ पुनः सक्रिय भयो । संघले त्यसै वर्ष राजा महेन्द्रलाई संरक्षकका रूपमा प्राप्त गर्यो । प्रतियोगिताको साथै संघको कार्य सुरु भयो । राज्याभिषेकको प्रदर्शनपछि युवाहरूले पनि सक्रियतापूर्वक एथलेटिक्समा चासो देखाउन थाले । त्यसपछि संघले पहिलो राष्ट्रिय प्रतियोगिता आयोजना गर्यो । तर, ती आयोजना नियमित हुन सकेन । ५ वर्षभित्र तीन वटामात्र राष्ट्रिय प्रतियोगिता सम्पन्न भयो । सन् १९६१ मा काठमाडौंमा तेस्रो राष्ट्रिय प्रतियोगिता भएको थियो ।

यो प्रतियोगिता राष्ट्रिय मानिए पनि काठमाडौं उपत्यकाका खेलाडीले मात्र भाग लिए । तर, सन् १९६२ (२०१९ साल) को प्रजातन्त्र दिवसमा संघले तत्कालीन खेलकुदसम्बन्धी राष्ट्रिय निर्देशन समितिको सहयोगमा राष्ट्रिय खेलकुद दिवस प्रतियोगिता आयोजना गर्यो । उक्त प्रतियोगितामा पहिलोपटक उपत्यकाबाहिरका खेलाडीले पनि भाग लिने अवसर पाए । राष्ट्रिय प्रतियोगितामा काठमाडौंबाहेक विराटनगर, पोखरा, धनकुटा र झापाका खेलाडीले पनि भाग लिएका थिए । प्रतियोगिता राष्ट्रिय रंगशाला (हालको दशरथ रंगशाला) मा भएको थियो ।

केही समयपछि खेलकुदसम्बन्धी राष्ट्रिय निर्देशन समिति निस्क्रिय भए पनि संघले नै पुनः राष्ट्रिय प्रतियोगिता आयोजना गर्न थाल्यो । यस संघले आफ्नो गतिविधिलाई काठमाडांैमा मात्र सीमित नराखी राजधानीबाहिर पनि वार्षिक प्रतियोगिता आयोजना गर्न थाल्यो । त्यसपछि विराटनगर, जनकपुर, भैरहवा र भद्रपुरमा राष्ट्रिय प्रतियोगिता भएका छन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने प्रयासस्वरूप नेपाल एमेच्योर एथलेटिक्स संघले नर शमशेर र कृष्णबहादुर बर्मालाई पर्यवेक्षकका रूपमा १९५२ को हेलसिन्की ओलम्पिक मा पठाएको थियो ।

‘बहुदलीय व्यवस्थापछि नेपालको एथलेटिक्स पुनः ब्युँझिएको मान्न सकिन्छ । यद्यपि देशमा भएको व्यवस्था परिवर्तनको घटनासँगै लामो इतिहास बोकेका नेपालको एथलेटिक्सले गति लिन सकेन,’

तर, नेपालले ओलम्पिक सहभागिताका लागि करिब १० वर्ष नै कुर्नुपर्यो । त्यसयता नेपालको एथलेटिक्सले ओलम्पिकमा कयौं अवसर पाए पनि प्रमाणित गर्न सकेन ।

नेपाल एथलेटिक्स संघका पूर्वमहासचिव सुनील राजवंशी लामो इतिहास बोकेको नेपाली एथलेटिक्सले आशातीत गति लिन नसकेकोमा स्वीकार्छन् ।

‘बहुदलीय व्यवस्थापछि नेपालको एथलेटिक्स पुनः ब्युँझिएको मान्न सकिन्छ । यद्यपि देशमा भएको व्यवस्था परिवर्तनको घटनासँगै लामो इतिहास बोकेका नेपालको एथलेटिक्सले गति लिन सकेन,’ राजवंशीले भने, ‘पछिल्लो समय विकास गर्ने वातावरण हुँदा पनि सही नेतृत्व हुन आउन नसकेकाले थप दलदलमा पर्यो ।’

दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सुरुआती तीन संस्करणमा नेपालको एथलेटिक्सले केही आशालाग्दो नतिजा प्राप्त गरे पनि त्यसपछि ओरालो लाग्न थाल्यो । सुरुका तीन संस्करणमा नेपालका म्याराथन धावक वैकुण्ठ मानन्धरले लगातार स्वर्ण पदक जितेका थिए । २००४ साल, जतिबेला नेपाली खेलकुदको संस्थागत विकास नै सुरु भएको थिएन । त्यो कालखण्डदेखि अघि बढेको एथलेटिक्स पछिल्ला समयसम्म पनि सुस्ताएको छ । जुन नेपाली खेलकुदका लागि पक्कै पनि सुखद होइन ।