महिला फुटबल

पहिलो महिला फुटबल टिम: बाध्यताको उपज

नेपालमा फुटबल कहिलेबाट खेल्न सुरु गरियो ? यसको ठ्याक्कै जवाफ कोहीसँग नहुन सक्छ  । किनभने अभिलेखीकरणको मामलामा नेपाल निकै पछाडि छ  । भनिँदै आएको के हो भने राणा शासनकै बेला नेपालमा फुटबल खेल्न थालिएको हो  ।

सन् १९५१ आइपुग्दा भने नेपाली फुटबललाई व्यवस्थित बनाउन जग बसालियो । त्यो जग थियो, अखिल नेपाल फुटबल संघ (एन्फा)को स्थापना । त्यसपछि नेपालले क्षेत्रीय स्तरमा हुने प्रतियोगिता खेल्न थाल्यो । जस्तै, आगा खाँ गोल्डकप फुटबल ।

नेपाली पुरुष फुटबल टिमले सन् १९७२ बाटै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको हो । सन् १९८२ मा भएको एसियन गेम्सचाहिँ नेपाली पुरुष टिमले खेलेको पहिलो आधिकारिक प्रतियोगिता हो ।

सन् १९७० मा फिफाको सदस्य बनेपछि भने नेपाली फुटबलले अन्तर्राष्ट्रिय मान्यता पायो । विश्व फुटबल नियामक संस्था फिफाको सदस्य बनेको दुई वर्षपछि नेपाल एसियाली फुटबल संघ (एएफसी)सँग पनि जोडियो ।

नेपाली पुरुष फुटबल टिमले सन् १९७२ बाटै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको हो । सन् १९८२ मा भएको एसियन गेम्सचाहिँ नेपाली पुरुष टिमले खेलेको पहिलो आधिकारिक प्रतियोगिता हो ।

पुरुष टिमले पहिलो पटक आधिकारिक प्रतियोगिता खेलेको चार वर्षपछि महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा पाइला राखेको हो । एकहिसाबमा भन्ने हो भने नेपाली महिला टिमले कुनै पनि विदेशी राष्ट्रिय टिमसँग पहिलो पटक खेलेको पनि त्यही बेला हो ।

प्रतियोगिता थियो एएफसी वुमेन्स एसियन कप १९८६ । आयोजक थियो हङकङ । संयोगवश हङकङले नै सन् १९७५ मा पहिलो संस्करणको वुमेन्स एसियन कप आयोजना गरेको थियो । अब अर्को संयोग, पुरुषतर्फको महादेशीय प्रतियोगिताको पहिलो संस्करण खेलाउने देश पनि हङकङ नै हो ।

नेपालले वुमेन्स एसियन कपमा किन भाग लियो त ? यसको जवाफ आउनसक्छ, महिला फुटबलको विकास गर्न । खास कारण यो थिएन । बरू फिफाको चेतावनीचाहिँ असली कारण थियो ।

फिफाले त्यतिबेला आफ्ना सदस्य देशलाई फुटबल विकासका लागि भन्दै ‘फन्ड’ दिने गर्थ्यो । जुन अहिले पनि जारी छ । त्यतिबेला फिफाले सबै देशलाई उर्दी जारी गर्यो, महिला टिम नबनाउने हो भने ‘फन्ड’को आस नगर्नु ।

अब एन्फा दबाबमा पर्यो । कमल थापाको नेतृत्वमा रहेको एन्फाले त्यसबेलासम्म महिला फुटबल टिम बनाउने विषय सोचेकै थिएन । सोच बनाओस् पनि कसरी ? जबकि समाज नै महिलाप्रति उदार थिएन । महिलालाई खेलमा, त्यो पनि फुटबलमा लाग्न किन सजिलो हुन्थ्यो र ?

बरू भलिबलमा चाहिँ महिलाहरू आउन थालिसकेका थिए । रमा सिंह पनि भलिबल खेल्थिन् ।पद्मकन्या क्याम्पसमा पढ्दै गरेकी उनी आफ्नो बेलाकी राम्रो भलिबल खेलाडी थिइन् ।

अब ‘फन्ड’कै लागि भए पनि महिला टिम बनाउने र अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल गराउनुपर्ने भयो । त्यतिबेला महिला फुटबल छँदै थिएनभन्दा पनि हुन्छ । खेलाडी नै नभएपछि कसरी टिम निर्माण गर्ने ? जबकि कोही महिलाले फुटबल नै खेलेको देखिँदैनथ्यो ।

बरू भलिबलमा चाहिँ महिलाहरू आउन थालिसकेका थिए । रमा सिंह पनि भलिबल खेल्थिन् ।पद्मकन्या क्याम्पसमा पढ्दै गरेकी उनी आफ्नो बेलाकी राम्रो भलिबल खेलाडी थिइन् ।

अब कमल थापाले जुक्ति लगाए, यिनै महिला भलिबल खेलाडीलाई फुटबलतिर सार्ने । त्यसकारण रमा र उनका साथीलाई कमल थापाले ट्रायलमा बोलाए । अझभन्दा ट्रायलमा आउन अनुरोध गरे । दशरथ रंगशालामा भएको त्यो ट्रायलमा काठमाडौंका अरू महिला खेलाडी पनि उपस्थित थिए ।

अब जसोतसो काठमाडौंमा त टिम बन्यो । तर एउटा टिमले मात्रै त देशको महिला फुटबल धान्ने कुरा आएन । त्यही टिमसँग खेल्न अर्को टिम पनि चाहियो । यसकारण अरू टिम कता बनाउने भनेर छलफल चल्यो । त्यहीबीचमा अर्को जुक्ति लगाइयो, पोखरा र धरानमा पनि टिम बनाउने ।

पोखरा र धरान नै किन रोजियो ? यसको कारण रोचक छ । यी दुवै लाहुरेका सहर । अरू ठाउँमा भन्दा पोखरा र धरानका महिला टाठाबाठा हुन्छन् भन्ने अनुमान थियो । अनि त्यतिबेला उनीहरू विदेशबाट फर्किएकाले फुटबलमा चासो होला भन्ने आस थियो ।

अब टिमको संख्या तीन भयो । दशरथ रंगशालामा तीन टिम आपसमा भिड्ने भए । महिला फुटबल भनेपछि दशरथ रंगशाला खचाखच भयो । दशरथ रंशगालाबाहिर पनि उत्तिकै घुइँचो । यही खेलहरूबाट राष्ट्रिय टिमको गठन भयो । कप्तान चुनिइन् उनै रमा सिंह ।

‘हामी खेलाडीमै आत्मविश्वास थिएन । एन्फाले पनि बाध्यात्मक स्थिति आएको भएर मात्र हामीलाई खेल्न पठाएको थियो । सबैलाई थाहा थियो हामी त्यहाँ कुनै खेल जित्न सक्दैनौँ,’ विगत सम्झिन्छन् तत्कालीन कप्तान रमा ।

महिला राष्ट्रिय टिमका लागि पहिलो अन्तर्राष्ट्रिय खेल दार्जिलिङ एघारविरुद्ध थियो । यो टिमसँग नेपाली टिमले दुई खेल खेल्यो । यी दुई खेल वुमेन्स एसियन कपका लागि तयारी थियो ।

तयारी धेरै हिसाबले फितलो रह्यो । मुख्य कुरा त टिम निर्माणको जग नै कमजोर थियो । अर्को कुरा दशरथ रंगशालाको अवस्था । खराब स्थितिमा रहेको मैदानमा अभ्यास गरेर हङकङ पुगेको नेपाली टिम आत्मविश्वासी थिएन ।

‘हामी खेलाडीमै आत्मविश्वास थिएन । एन्फाले पनि बाध्यात्मक स्थिति आएको भएर मात्र हामीलाई खेल्न पठाएको थियो । सबैलाई थाहा थियो हामी त्यहाँ कुनै खेल जित्न सक्दैनौँ,’ विगत सम्झिन्छन् तत्कालीन कप्तान रमा ।

नेपालले पहिलो खेलमा हङकङको सामना ग¥यो । १–० ले पराजित भयो । दोस्रो खेल थाइल्यान्डसँग थियो भने तेस्रो खेल इन्डोनेसियाविरुद्ध । यी दुई खेलमा नेपालले ११ गोल खायो । तीन खेलमा खाएको कुल गोल पुग्यो १२ ।

पहिलो नेपाली महिला टिमकी कप्तान रमा अहिले पनि त्यो खेल सम्झिन्छन्, ‘हामीलाई हङकङको मैदान अर्कै लाग्यो, दौडिँदा पनि लच्केको जस्तो । जब कि काठमाडौंमा हामीले अभ्यास गरेको मैदान असाध्यै साह्रो (हार्ड) थियो । खासमा भन्ने हो भने हामी हङकङका दौडिनै सकेनौं । प्रतिस्पर्धा गर्नुको त परको कुरा ।’

कतिसम्म भने नेपाली टिमका खेलाडीलाई जुत्तासमेत अन्तिम क्षणमा दिइएको थियो । कतिलाई ती जुत्ता ठीक पनि भएन । कतिले त स्पोर्ट्स जुत्ता लगाएरै वुमेन्स एसियन कप खेले ।

पहिलो नेपाली टिम १२ गोल खाएर नेपाल फर्किएपछि खिस्सी उडाउनेको संख्या धेरै थियो । त्रिभुवन विमानस्थलमा पत्रकारले समेत १२ गोल कसरी खाइयो भनेर सोधे । केही समयपछि आफैं पनि पत्रकार बनेकी रमालाई ती प्रश्नले खिन्न नबनाउने कुरै भएन ।

‘हामीलाई अभ्यासका लागि बल पनि पर्याप्त दिइएको थिएन । एउटा बल फुटे अर्को बल आउन कयौं दिन लाग्थ्यो । बल नभएपछि हामीले कसरी अभ्यास गर्ने ? दौडेर दिन बिताउँथ्यौं,’ रमा पुराना दिन सम्झिन्छन् ।

‘तयारी कस्तो थियो, सुविधा के थिए, पर्याप्त अभ्यास गरियो कि गरिएन आदि प्रश्न सोध्नुपर्ने, उल्टै खिस्सी पो उडाइयो,’ रमा सुनाउँछिन् । त्यसबेला फिफाको ‘फन्ड’ पाइराख्न मात्रै नेपालले महिला टिम पठाएको तथ्य बिर्सिए । महिला टिमको निर्माण नै औपचारिकतामा सीमित थियो ।

एन्फाले महिला टिम र महिला फुटबललाई प्राथमिकतामा राखेकै थिएन भनेर बुझ्न त्यसबेलाको अभ्यास सम्झिए पुग्छ ।

‘हामीलाई अभ्यासका लागि बल पनि पर्याप्त दिइएको थिएन । एउटा बल फुटे अर्को बल आउन कयौं दिन लाग्थ्यो । बल नभएपछि हामीले कसरी अभ्यास गर्ने ? दौडेर दिन बिताउँथ्यौं,’ रमा पुराना दिन सम्झिन्छन् ।