सुटिङ

सुस्मिताले सुटिङको विश्वकपमा सहभागिता जनाउने

 काठमाडौं । नेपाली सुटर खेलाडी सुस्मिता नेपालले इन्डोनेसियामा आयोजना हुने आइएसएसएफ विश्वकप सुटिङमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।

प्रतियोगिता जनवरी २७ देखि फेब्रुअरी ८ सम्म जकार्तामा हुनेछ ।

ओलम्पिकको छात्रवृत्ति होल्डर सुस्मिताले महिलाको १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । नेपालको प्रशिक्षकमा प्रदिप खाती छन् ।

दुई सदस्यीय नेपाली टोलीलाई बुधबार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, महासचिव निलेन्द्र राज श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य तथा नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले बिदाइ गरे ।