लियोनल मेसी

बार्सिलोना फर्किने मेसीको चाहना

काठमाडाैं । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले पेरिस सेन्ट जर्मन (पिएसजी) मा आफ्नो सम्झौता नबढाउने भएका छन् ।

मेसीले पिएसजीको सम्झौता लम्बाउने प्रस्ताबलाई अस्वीकार गर्दै पूर्व क्लब बार्सिलोना आउन चाहेको मार्काले जनाएको छ ।

३५ वर्षिय मेसी सन् २०२१ मा फ्रि ट्रान्सर्फर मार्फत पिएसजी पुगेका थिए । मेसीले पिएसजीसँगको आफ्नो सम्झौता बढाउन नचाहेको बताइएको छ । मेसी कतार विश्वकप अघि पिएसजीमै बस्न चाहन्थे । विश्वकपको उपाधि उचालेसँगै मेसीले आफ्नो सोचलाई परिवर्तन गरेका हुन् ।

पूर्व क्लब बार्सिलोना मेसीलाई अनुबन्ध गर्न चाहन्छ । यद्यपी, सात पटकका बलोन डि‘ओर विजेता मेसीको अर्का गन्तब्य अमेरिकन क्लब इन्टर मियामी, साउदीको एवान हिलाल र न्यूवेलज ओल्ड बोइज हुन सक्ने आकंलन गरिएको छ ।

साउदी फुटबल संघका महासचिव इब्राहिम अलकासिमले भने मेसी साउदी क्लबमा आबद्ध हुने हल्लाको खण्डन गरेका छन् ।

‘साउदी फुटबलमा मेसी आबद्ध हुनेबारे हामी पनि अज्ञात छौँ । तर, हामी एकदिन घरेलु प्रतियोगितामा मेसीलाई देख्न पाउछौँ । संघ सधैँ फुटबलको विकासका लागि अग्रसर छ। हामी क्रिस्टीयानो रोनाल्डो र मेसीलाई पुन एउटै प्रतियोगितामा देख्नेछौँ । तर, अहिले केहि भन्न सक्दैनौँ’, अलकासिमले भने ।