गोर्खाली रग्वी क्लब

गोर्खाली रग्वी क्लबलाई सामाग्री सहयोग

काठमाडौं । साउथर्न सुवुर्व रग्वी युनियन क्लब अस्ट्रेलियाले गोर्खाली रग्वी क्लबलाई आज शनिवार रग्वीका खेलसामग्रीहरु सहयोग गरेको छ।

अस्ट्रेलियन रग्वीका पुर्व राष्ट्रिय खेलाडी साथै साउथर्न सुवुर्व रग्वी युनियनका सदस्य जासन स्टार्कि र गोर्खाली रग्वी क्लबका अध्यक्ष श्री रोहित कार्की, सचिव प्रेम कोइराला, कोषाध्यक्ष श्रीराम श्रेष्ठ, कर्णाली प्रदेश रग्वी संघका अध्यक्ष सुरेन्द्र कुँवर साथै गोर्खाली रग्वी क्लबमा सदस्यहरुको उपस्थितिमा खेल सामाग्री वितरण गरिएको हो ।

गोर्खाली रग्वी क्लबका उपाध्यक्ष र राष्ट्रिय टिमका पुर्वकप्तान कृष्ण थापाको पहलमाअस्ट्रेलियन  साउथर्न सुवुर्व रग्वी युनियन क्लबसँग सहकार्य भएको क्लबले जनाएको छ।

उक्त अवसरमा साउथर्न सुवुर्व रग्वी युनियन क्लबका सदस्य समेत रहेका जासनले भविष्यमा गोर्खाली रग्वी क्लबका खेलाडी र साउथन सुवुर्व रग्वी युनियन क्बल विच एक्चेन्ज प्रोगाम राख्ने र गोर्खाली रग्वीलाई विकास गर्नका लागि हाम्रो सहयोग निरन्तर रहने जानकारी गराएका थिए ।

सोही अवसरका गोर्खाली रग्वी क्लबका अध्यक्ष रोहित कार्कीले खेलाडीहरुको खेल स्तर बढाउन अन्तराष्ट्रिय क्लब युनियनसंग सहकार्य गर्दा राम्रो हुने बताउँदै भविष्यमा अन्तराष्ट्रिय रग्वी क्बलहरु संग फ्रेण्डसिप म्याच गराउने उद्देश्य रहेको बताए।

उक्त कार्यक्रममा यु-२० एसियन गेम्सको तयारीको क्रममा घाइते भएका राष्ट्रिय टिमका खेलाडी र गोर्खाली रग्वी क्लबका सदस्य प्रमेस पनेरुलाई रु १० हजाररुपैंया सहयोग गरिएको थियो। साथै क्लबले यु २० एसियन गेम्सको तयारी गरिरहेका महिला टिमका खेलाडी यसोदा बोहोरालाई पनि आर्थिक सहयोगको पहल भइरहेको क्लबका सचिव प्रेम कोइरालाले बताए।

कार्यक्रममा गोर्खाली रग्वी क्लबले राष्ट्रिय प्रतियोगिताका साथै जुनियर टच रग्वी खेलाउने समेत जानकारी गराइएको थियो।

नेपालमा रग्वी खेलको ग्रास रुटदेखी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल र खेलाडीको विकास र विस्तार गर्ने उदेश्यले गोर्खाली रग्वी क्लब स्थापना भएको हो।

सन् २०१६ मा नेपाल रग्वी संघको पुर्ण सदस्य पाएको गोर्खाली रग्वी क्लबले हालसम्म थुप्रै प्रतियोगिताहरुको उपाधी जितिसकेको छ।

गोर्खाली रग्वी क्लबले हालै मात्र कर्णाली रग्वी प्रदेशसँग सहकार्य गरि २ वर्ष सम्मको लागि कर्णाली प्रदेशमा रग्वी खेलको विकास र विस्तारमा सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।