माघ १७, २०८२ शनिबार | १२:५१:१३
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

धावक मानन्धरलाई ‘उज्ज्वल तारा खेल सम्मान’

काठमाण्डौ। उज्ज्वल तारा स्कुल काँडाघारीले म्याराथुन धावक बैकुण्ठ मानन्धरलाई २५ हजार नगद राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान २०८०’ प्रदान गरेको छ ।

विद्यालयले गत असोज ८ गते घोषणा गरेको १५ हजार ५ सय ५५ रुपैयाँमा ९ हजार ४ सय ४५ रुपैयाँ थपेर २५ हजार रुपैयाँ सहितको सो सम्मान ‘उज्ज्वल शनिबार धावक मान्धरलाई प्रदान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्की, विद्यालयका सल्लाहकार एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्की तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले मानन्धरलाई   सम्मान गरे ।

‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को सातौं संस्करणको शनिबार विहान धावक मानन्धरले उद्घाटन गरेका थिए । सो अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की तथा वडाध्यक्षहरु सहभागी थिए ।

विद्यालयले विगत ७ वर्षदेखि हरेक वर्ष ५ किलोमिटर दुरीको दौड आयोजना गर्दै आएको र यसलाई राष्ट्रियस्तरको दौडको रुपमा स्थापित गर्ने योजना रहेको दौडका संयोजक एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्कीले बताए ।

करीव ७ सय धावकहरुको सहभागिता रहेको सो दौडमा पुरुष खुलातर्फ गजेन्द्र राई, अजित कुमार यादव र श्रीकेश राई तथा महिला खुलातर्फ निर्मला केसी, पदम कुमारी सुनुवार र स्वस्तिका तिन्वा पहिलो, दोस्रो र तेस्रो भई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद सहित ट्रफि, पदक र प्रमाणपत्र पाए ।

यसैगरि अभिभावक पुरुषतर्फ सुनिल कार्की,प्रकाश थापा र प्रमोद लामिछाने तथा अभिभावक महिलातर्फ उमा खड्का, जमुना पौडेल र माया बस्नेत क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

 जेष्ठ नागरिक पुरुषतर्फ विक्रम महर्जन, कपिल भट्ट र सुर्य कटुवाल तथा महिलातर्फ कुमारी मगर, पार्वता ढकाल र गिता खतिवडा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।  

 युगल जोडीतर्फ गोविन्द र कविता कार्कीको जोडी पहिलो, गोपाल चौलागाई र सावित्री शर्माको जोडी दोस्रो तथा अनिल र मुना कार्की तथा श्याम र सानु घजुको जोडी तेस्रो भएका थिए ।  

दौडका विजेताहरुलाई विधा अनुसार नगद, ट्रफि, पदक र प्रमाणपत्रको साथै पोखरा, चितवन, नुवाकोट र भक्तपुरका होटेलहरुमा खानेबस्ने सुविधा सहितको उपहार दिइएको थियो भने विभिन्न अस्पताल, स्विमिङ्ग पुल, नृत्य र फिटनेश केन्द्र लगायतले उपहार दिएका थिए ।  

दौडमा सहभागी हुन सहभागीहरुबाट नाम दर्ता शुल्क वापत संकलन गरिएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘बाल मुटुरोग अस्पताल’लाई हस्तान्तरण गरिने दौडका संयोजक कार्कीले बताए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।