चैत्र १०, २०८२ मंगलबार | १०:४५:११
पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात

धावक मानन्धरलाई ‘उज्ज्वल तारा खेल सम्मान’

काठमाण्डौ। उज्ज्वल तारा स्कुल काँडाघारीले म्याराथुन धावक बैकुण्ठ मानन्धरलाई २५ हजार नगद राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान २०८०’ प्रदान गरेको छ ।

विद्यालयले गत असोज ८ गते घोषणा गरेको १५ हजार ५ सय ५५ रुपैयाँमा ९ हजार ४ सय ४५ रुपैयाँ थपेर २५ हजार रुपैयाँ सहितको सो सम्मान ‘उज्ज्वल शनिबार धावक मान्धरलाई प्रदान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्की, विद्यालयका सल्लाहकार एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्की तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले मानन्धरलाई   सम्मान गरे ।

‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को सातौं संस्करणको शनिबार विहान धावक मानन्धरले उद्घाटन गरेका थिए । सो अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की तथा वडाध्यक्षहरु सहभागी थिए ।

विद्यालयले विगत ७ वर्षदेखि हरेक वर्ष ५ किलोमिटर दुरीको दौड आयोजना गर्दै आएको र यसलाई राष्ट्रियस्तरको दौडको रुपमा स्थापित गर्ने योजना रहेको दौडका संयोजक एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्कीले बताए ।

करीव ७ सय धावकहरुको सहभागिता रहेको सो दौडमा पुरुष खुलातर्फ गजेन्द्र राई, अजित कुमार यादव र श्रीकेश राई तथा महिला खुलातर्फ निर्मला केसी, पदम कुमारी सुनुवार र स्वस्तिका तिन्वा पहिलो, दोस्रो र तेस्रो भई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद सहित ट्रफि, पदक र प्रमाणपत्र पाए ।

यसैगरि अभिभावक पुरुषतर्फ सुनिल कार्की,प्रकाश थापा र प्रमोद लामिछाने तथा अभिभावक महिलातर्फ उमा खड्का, जमुना पौडेल र माया बस्नेत क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

 जेष्ठ नागरिक पुरुषतर्फ विक्रम महर्जन, कपिल भट्ट र सुर्य कटुवाल तथा महिलातर्फ कुमारी मगर, पार्वता ढकाल र गिता खतिवडा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।  

 युगल जोडीतर्फ गोविन्द र कविता कार्कीको जोडी पहिलो, गोपाल चौलागाई र सावित्री शर्माको जोडी दोस्रो तथा अनिल र मुना कार्की तथा श्याम र सानु घजुको जोडी तेस्रो भएका थिए ।  

दौडका विजेताहरुलाई विधा अनुसार नगद, ट्रफि, पदक र प्रमाणपत्रको साथै पोखरा, चितवन, नुवाकोट र भक्तपुरका होटेलहरुमा खानेबस्ने सुविधा सहितको उपहार दिइएको थियो भने विभिन्न अस्पताल, स्विमिङ्ग पुल, नृत्य र फिटनेश केन्द्र लगायतले उपहार दिएका थिए ।  

दौडमा सहभागी हुन सहभागीहरुबाट नाम दर्ता शुल्क वापत संकलन गरिएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘बाल मुटुरोग अस्पताल’लाई हस्तान्तरण गरिने दौडका संयोजक कार्कीले बताए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो