वैशाख २८, २०८२ आइतबार | १८:५२:१६
च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित

एकदिवसीय विश्वकपः पाकिस्तानमाथि भारतको सहज जित

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकपमा आयोजक भारतले लगातार तेस्रो जित निकालेको छ । अहमेदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा शनिबार सम्पन्न खेलमा भारतले चिरपरिचत प्रतिद्धन्द्धी पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

जितसँगै भारतले ३ खेलमा ६ अंक जोडेको छ । पहिलो पराजय व्यहोरेको पाकिस्तानको समान खेलबाट ४ अंक छ ।

पाकिस्तानले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य भारतले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो ।

 भारतका लागि कप्तान रोहित शर्माले ६३ बलमा समान ६ चौका र छक्काको मद्दतले सर्वाधिक ८६ रनको योगदान गरे । यसैगरी श्रेयश अय्यरले ५२ बलमा ३ चौका र २ छक्काको मद्दतमा अविजि ५३, केएल राहुलले अविजित १९ तथा शुभमन गिल र विराट कोहीले समान १६ रन बनाए ।

रोहितले तेस्रो विकेटका लागि श्रेयशसँग ७७ र दोस्रो विकेटका लागि विराटसँग ५६ रनको साझेदारी गरे ।

पाकिस्तानका लागि शहिन शाह अफ्रिदीले २ तथा हसन अलीले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९१ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि बाबर आजमले ५८ बलमा ७ चौकाको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी मोहम्मद रिजवानले ४९, इमान उल हकले ३६, अब्दुल्लाह शफिकले २० र हसन अलीले १२ रन बनाए ।

तेस्रो विकेटका लागि आजम र रिजवानले ८२ रनको साझेदारी गरेका थिए ।

भारतका लागि जसप्रित बुमराह, हार्दिक पान्ड्या,मोहम्मद सिराज, कुलदीप यादव र रविन्द्र जडेजाले समान २ विकेट लिए ।

यसअघि भारतले अस्ट्रेलियालाई ६ तथा अफगानिस्तानाई ८ विकेट ले पराजित गरेको थियो । पाकिस्तानले नेदरल्यान्ड्समाथि ८१ रन र श्रीलंकामाथि ६ विकेटको जित निकालेको थियो । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP