अखिल नेपाल कबड्डी संघ

कबड्डी संघको अध्यक्षमा थापा

सांकेतिक तस्बिर

काठमाडौं । अखिल नेपाल कबड्डी संघको अध्यक्षमा तुलसा थापा चयन भएकी छन् ।  बुधबार सम्पन्न संघको अधिवेशनले थापाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो  ।

संंघको उपाध्यक्षमा कुमार आले र रतिया राजवंशी, महासचिवमा अरबिन्दकुमार झा, सचिवमा तर्कराज भट्ट र कोषाध्यक्षमा कृष्णदेव पन्त निर्वाचित भए ।

यसैगरी सदस्यमा तेजबहादुर विष्ट, निराजन श्रेष्ठ, जनक चौधरी, जयबहादुर बोहरा, विन्दु थापामगर, भगवती अधिकारी, निर्मलाकुमारी विसी, शरद दर्शनधारी, राजकुमार क्षेत्री, उमालाल यादव र धीरेन्द्र राजवंशी चुनिए ।

संघको अधिवेशनमा देशका ४२ जिल्लाका प्रतिनिधि सहभागी भएको आयोजक समितिले जानकारी दिएको छ ।

यसैगरी नवनिर्वाचित कार्यसमितिको आजै बसेको पहिलो बैठकले एक वर्षभित्र कबड्डी लिग प्रतियोगिता सुरू गर्ने, अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना गर्ने, १९औँ एसियाली खेलमा सहभागी हुने महिला कबड्डी टोलीलाई तत्काल वैदेशिक प्रशिक्षकको व्यवस्था मिलाउने,  खेलसम्बन्धी तालिम दिने, महिला सशक्तिकरण कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।

यसैगरी कार्यसमिति बैठकले विसं २०३७ देखि २०८० सम्म सम्पन्न अन्तर्राष्ट्रिय कबड्डी पदकधारी खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय पनि गरेको छ ।