वादोरियो कराते

वादोरियो संघमा केसीकै निरन्तरता

काठमाडौं । नेपाल वादोरियो कराते डो संघको अध्यक्षमा हरिशरण केसीले नै निरन्तरता पाएका छन् ।

संघको तेश्रो केन्द्रीय महाधिवेशनले बुधबार अध्यक्षमा केसीलाई निरन्तरता दिदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र गुरुङ, उपाध्यक्षमा पुरुषोत्तम भण्डारी, दिपेन्द्र विष्ट, सरितादेवी शर्मा र यादवलाल श्रेष्ठ, महासचिव प्रतिक्षा श्रेष्ठ, सचिवमा श्यामचन्द्र श्रेष्ठ तथा कोषाध्यक्षमा पुरुषोत्तम पोखरेल छन् ।

यसैगरी सदस्यमा सिमोन खत्री, राजु अधिकारी, लक्ष्मणराज बराल, सुजन नेपाल, निश्चल हिराचन, विनोद कार्की, लक्ष्मी रिजाल शर्मा र ऋष्मा पोखरेल  चयन भए ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले साधारण सभाको उद्घाटन गरे ।