नेपाल ओलम्पियन संघ

पोखरामा ओलम्पियनहरुको पुनर्मिलन कार्यक्रम हुने

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा यही जेठको तेश्रो साता नेपालका ओलम्पियनहरुको भेटघाट तथा पुनर्मिलन कार्यक्रम हुने भएको छ ।

नेपाल ओलम्पियन संघको आयोजनामा कार्यक्रम यही जेठ १९ देखि २१ गतेसम्म हुने तयारी गरिएको संघका अध्यक्ष एवं ओलम्पियन दीपक विष्टले बताए ।

सन् १९६४ देखि २०२० सम्म भएको ओलिम्पिक खेलमा सहभागी नेपाली ओलम्पियनहरुको एकै स्थानमा पहिलो पटक भेटघाट तथा पुनर्मिलन हुने अध्यक्ष विष्टले बताए ।

नेपालले पहिलो पटक सन् १९६४ मा जापानमा भएको ओलम्पिकमा सहभागिता जनाएको थियो ।

६ दशकको अन्तरालमा करिब ८५ जना नेपालबाट सहभागी भएका ओलम्पियनहरु मध्य हालसम्म १० जनाको निधन भएको छ भने करिब २० जना विदेशमा छन् ।

विदेशमा रहेकाहरु मध्य केही उक्त कार्यक्रममा आउने भएकोले करिब पोखरामा ५० देखि ५५ जनासम्म नेपालका ओलम्पियनहरु एकै थलोमा जम्मा हुने ऐतिहासिक कार्यक्रम हुने भएको अध्यक्ष विष्टले बताए ।

पोखरा क्षेत्रका नारायण गुरुङ, विधान लामा साथै विश्व ओलम्पिक कमिटिको समेत प्रतिनिधिहरुको सहभागिता हुने भएको उनले बताए ।  

पर्यटन र खेलकुदको राजधानीको रुपमा परिचित पोखराको खेल पर्यटनको प्रबद्र्धन गर्न र आलम्पियनहरुको घुमघाममा बढी रुचाएको स्थल भएको हुनाले पनि पोखरामा कार्यक्रम आयोजना गरिन लागिएको अध्यक्ष विष्टले बताए ।

हरेक प्रदेशमा यस कार्यक्रमलाई लैजानले आफुहरुको योजना भएको समेत अध्यक्ष विष्टले बताए ।

‘ओलम्पियनहरुलाई सबै प्रदेशका नागरिकहरुले चिन्नु पर्छ, चिन्नु पर्छ भन्ने मेरोे मान्यता हो,’विष्टले भने ‘हामीहरुले यो देशको लागि खेलेकोले त्यसको महत्व बुझेर हामीले राम्रो कामको लागि राखेको प्रस्तावमा सहयोग जुट्ने गरेको छ ।  यपपटक पनि कार्यक्रम सफल पार्नका लागि सरकारी तथा गैरसरकारीएवं विभिन्न व्यक्ति तथा संघ संस्थाहरुका साथै स्थानिय स्तरबाट समेत भरपूर्ण सहयोग हुने अपेक्षा गरेका छौं । ’

नेपालका ओलम्पियनहरु यही जेठ १९ गते पोखरामा आउने र उनीहरुलाई पोखरामा स्वागत सत्कार गर्ने, भोलिपल्ट जेठ २० गतेप्रभात फेरी तथा विषेश सम्मान समारोह र जेठ २१ मा खेलाडी एवं खेलकुदकर्मीसँग अन्तरकृया कार्यक्रम हुनेछ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको संयोजकत्वमा टोलीले आन्तरिक रुपमा व्यबस्थापन देखि आगन्तुक ओलम्पियनहरुको भव्य स्वागत तथा सत्कार र घुमघामको व्यबस्था मिलाउने भएको छ ।

अध्यक्ष विष्ट तथा स्थानिय सरोकारबालसँग सोमबार छलपल भएको थियो । छलफलमा उनीहरुले कार्यक्रम सफलतापूर्वक सफल बनाउ आफ्नोतर्फबाट हर सम्भव सहयोग रहेन प्रतिबद्धता जनाएका थिए ।

पूर्व बक्सिङका पदकधारी खेलाडी एवं पर्यंटन व्यवसायी गणेश भट्टराईले खेलाडी भनेको सबै भन्दा ठुलो कुरा भएकोले नेपालको लागि खेलेका ओलम्पियनहरु पोखरामा आउनु आफैमा ठ्ुलो कुरा भएको बताए । पोखरामा हुने उक्त कार्यक्रमलाई सफल पार्न कुनै कसर बाँकी नराख्ने उनले बताए ।

गण्डकी प्रदेशका सांसद प्रकाश बरालले उक्त कार्यक्रम पोखरामा पहिलो पटक गराउने तयारी गरेमा संघलाई धन्यवाद दिदै आवश्यक सहयोग गर्ने वचन दिए । प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले उक्त कार्यक्रमलाई ऐतिहासिक बनाउनु पर्नेमा जोड दिए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले खेल पर्यटनको शहर पोखरामा उक्त कार्यक्रम हुँदा यस क्षेत्रका पर्यटन प्रबद्र्धन हुने विश्वास व्यक्त गरे । कार्यक्रमलाई भव्य र सफल पार्न मञ्चले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए ।

पोखरा १३ का वडा अध्यक्ष किरण बरालले पोखरा क्षेत्रमा हुने उक्त कार्यक्रमलाई सफल पार्न आवश्यक समन्वय गर्न तयार रहेको बताए । नेपालभूतपूर्व खेलाडी मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले ओलिम्पियनको आरामदायी बसाई हुने गरी कार्यक्रमः बनाउन सुझाव दिए ।

पोखरा महानगपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले सबैसँगको सहकार्यमा उक्त कार्यक्रम उत्कृष्ट बनाउने योजनामा रहेको बताए ।