अन्तर विद्यालय खेलकुद प्रतियोगिता

एमआइएस अन्तर विद्यालय खेलकुद प्रतियोगिता जेठमा

काठमाडौं । एमआइए स्कुलले आगामी जेठ ९ देखि १२ गतेसम्म एमआइएस अन्तर विद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बास्केटबल, फुटबल, टेबल टेनिस, ब्याडमिन्टन र चेस खेल समावेश प्रतियोगितामा आठ विद्यालयको सहभागिता रहनेछ । प्रतियोगितामा करिब पाँच सय विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । 

कुनै प्रवेश शुल्क नलाग्ने, सहभागी खेलाडीलाई हरेक दिन रिफ्रेसमेन्ट दिइने छ भने उत्कृष्ट हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने विद्यालयका पिआरओ नरेश रावलले जानकारी दिए ।

 विद्यालयका प्रिन्सिपल राजु पिटरले भने ‘यो हाम्रो नियमित वार्षिक प्रतियोगिता हो जुन विद्यालयहरूबीचको अन्तरक्रिया र विद्यार्थीहरूलाई प्रतिस्पर्धा र उत्कृष्टताको लागि एक प्लेटफर्म प्रदान गर्ने उद्देश्य हो ।’