नेपाल खेलकुद पत्रकार महासंघ

नेपाल खेलकुद पत्रकार मञ्चलाई राखेपको स्वागत र बधाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भएको कार्यक्रममा राखेप सदस्यसचिव टंकलाल घिसिङले कार्यसमितिका पदाधिकारीलाई कार्यकाल पूर्ण सफलताको शुभकामना दिदै मायाको चिनो प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले खेलकुदको विकास र विस्तारमा खेल पत्रकारको भूमिका पनि महत्वपूर्ण हुने हुँदा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै खेलकुदको हित र खेलाडीलाई नै केन्द्र विन्दूमा राखेर काम गर्ने बताए । उनले एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित भएपनि परिषद्ले खेलाडीको प्रशिक्षणलाई निरन्तरता दिने बताउदै तयारी अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पनि उपयोगी हुने धारणा व्यक्त  गरे ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले खेलकुद र खेलाडीको हितका निम्ति मञ्च परिषद्सँग सहकार्य गर्दै अघि बढ्ने बताए ।