१९औं एसियाली खेलकुद

एसियाड र सागको लागि २३ खेलको विशेष प्रशिक्षण सुरु

काठमाडौं । चीनमा हुने १९औं एसियाली खेलकुद र आगामी दक्षिण एसियाली खेलकुद (साग) को लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो चरणमा २३ खेलको विशेष प्रशिक्षण सुरु गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार बन्द प्रशिक्षणको उद्घाटन गर्दै सदस्यसचिव टंकलाल घिसिङले जेठ २४ गतेदेखि असार २३ गतेसम्म सञ्चालन हुने जानकारी दिए ।

यही वर्ष चीनमा आयोजना हुने भनिए पनि कोभिड १९ महामारीका कारण स्थगित भएको प्रतियोगिताको लागि राखेपले २३ खेलमा सहभागिता जनाउने बताएको थियो । त्यसैअन्तर्गत सबै खेलहरुको प्रशिक्षण सुरु भएको हो । स्थगित प्रतियोगिताको नयाँ मिति सार्वजनिक हालसम्म नभए पनि राखेपले तयारी स्वरुप खेलहरुको बन्द प्रशिक्षण सुरु गर्ने निर्णय लिएको हो ।

एसियाडका लागि विशेष प्रशिक्षण सुरु भएका खेलहरुः

१. तेक्वान्दो 
२. कराते
३. बक्सिङ

साग गेम्समा पदक सम्भावनाका खेलहरु

४. एथलेटिक्स
५. साइक्लिङ
६. फुटबल
७. गल्फ 
८. जुडो 
९. पौडी 
१०. ट्रायथलन 
११. उसु 
१२. कुस्ती 
१३. भारोत्तोलन 
१४. आर्चरी 
१५. बास्केटबल 
१६. फेन्सिङ 
१७. ह्यान्डबल 
१८. कबड्डी 
१९. टेबलटेनिस 
२०. भलिबल 
२१. ब्याडमिन्टन 
२२. क्रिकेट 
२३. सुटिङ