किक-बक्सिङ

राष्ट्रिय किक बक्सिङ चैत २० देखि

काठमाडौं । नेसनल किक बक्सिङ एसोसियसनद्धारा आयोजित राष्ट्रिय किक बक्सिङ प्रतियोगिता चैत २० गतेदेखि सुरु हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभाग गरी १० टिम सहभागी हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा हुनेछ । फुलकन्ट्याक पुरुषतर्फ ४५ केजी, ५१ केजी, ५७ केजी, ६० केजी, ६३ केजी, ६६ केजी, ६९ केजी, ७३ केजी र खुला तौ समूहमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

फुलकन्ट्याक महिलातर्फ ४५ केजी, ५१ केजी, ५४ केजी, ६३ केजी, ७० केजी र खुला तौल समूहमा खेल्नेछन् । यस्तै, स्कोरिङ्ग फाइट पुरुषमा ४७ केजी, ५२ केजी, ५७ केजी, ६३ केजी, ७० केजी र खुला तौल समूहमा खेल हुनेछ । स्कोरिङ फाइट महिलामा ४७ केजी, ५२ केजी, ५७ केजी, ६३केजी तल, ६७ केजी र खुला तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

लाइट कन्ट्याक पुरुषतर्फ ५१ केजी, ५४ केजी, ५६ केजी, ६० केजी, ६७ केजी र खुला तौल तथा महिलातर्फ ४५ केजी, ४८ केजी, ५१ केजी, ५४ केजी, ५६ केजी, ६० केजी र खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछन् ।

प्रत्येक तौल समूहमा दुई जना खेलाडीले सहभागी हुन पाउने आयोजकले जानकारी दिएको छ ।