कोप डे फ्रान्स

एमबाप्पेको लयमा पिएसजीको सान

पेरिस । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पे क्लबका लागि एकै खेलमा पाँच गोल गर्ने पहिलो खेलाडी बनेको दिन पेरिस सेन्ट जर्मन (पिएसजी) सोमबार छैटौं श्रेणीको क्लब पेस डी कास्सेलमाथि ७-० को सहज जितसहित कोप डे फ्रान्सको अन्तिम १६ मा प्रवेश गरेको छ ।

कास्सेल कोप डे फ्रान्सको अन्तिम १६ मा स्थान बनाउने सबैभन्दा तल्लो वरियताको टोली हो । जसमाथि पिएसजीले आफ्नो रबाफ देखाएको हो । 

पहिलो हाफमा ११ मिनेटको अन्तरमा चार गोल गर्दै पिएसजीले खेलमा हाबी हुने संकेत गरेको थियो । चारमध्ये एमबाप्पेले ह्याट्रिक पूरा गरेका थिए भने नेइमारले थप एक गोल गरेका थिए । 

दोस्रो हाफमा पनि एमबाप्पेले गोल लय कायम राखे । यसक्रममा उनले थप दुई गोल गरेका थिए ।

पिएसजीले फ्रेन्च लिग वानमा आइतबार रेमिसलाई आतिथ्य गर्नेछ ।