जर्मन बुन्डेसलिगा

फराकिलो हारले स्तब्ध छौः गुन्टर

बर्लिन । जर्मन बुन्डेसलिगामा शनिबार उल्फस्बर्गसँग ६-० ले पराजित भएपछि फियरीबर्गका कप्तान क्रिस्टियन गुन्टरले स्तब्ध भएको प्रतिक्रिया दिएका छन ।

कतार विश्वकप २०२२ को विश्रामअघि फियरीबर्गले दोस्रो स्थानमा बस्दै शीर्ष स्थानको बायर्न म्युनिखलाई चुनौती दिइरहेको थियो ।वर्ष २०२२ मा लिगको अन्तिम पाँच खेलमध्ये फियरीबर्गले चार खेल जितेको थियो ।

तर उल्फस्बर्गसँगको फराकिलो हारले भने फियरीबर्ग चौथो स्थानमा झरेको छ । फियरीबर्गको १६ खेलमा ६० अंक छ । समान खेलमा समान ३० अंक जोडेका फ्रयांकफर्ट र युनियन बर्लिन क्रमश दोस्रो र तेस्रो स्थानमा छन । शीर्ष स्थानको बायर्नको १५ खेलमा ३५ अंक रहेको छ ।

‘मसँग हामीले गरेको खराब प्रदर्शनको बारेमा भन्ने केही शब्द नै छैन’, उनले भने, ‘यो फराकिलो हारका कारण हामी स्तब्ध छौ । यो कल्पनाभन्दा बाहिरको नतिजा आयो ।हामीले के गल्ती गर्यौ भनेर समिक्षा गर्नुपर्छ ।’