नेपोली

हारले धेरै निरास बनाएको छः स्पेलेट्टी

इटाली । नेपोलीका प्रशिक्षक लुसियानो स्पेलेट्टीले १० खेलाडीमा सिमित  क्रिमोन्सेसँगको हारले धेरै निरास बनाएको बताएका छन् ।

मंगलबार राति कोपा इटालियामा नेपोलीले क्रिमोन्सेसँग पेनाल्टी सुटआउटमा ५–४ को हार ब्यहोरेको थियो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा २–२ को बराबरी भएछि खेलको  निर्णय पेनाल्टी सुटआटबाट लिइएको थियो । 
 ‘हामी क्षमा माग्न चाहन्छौँ’ स्पेलेट्टीले भने,‘ क्रिमोन्सेसँगको खेलले हामीलाई धेरै निरास बनाएको छ । हामी सधैँ खेललाई पकडमा राख्न चाहन्छौँ । तर,यसपटक असफल भयौँ ।  यो हारले लिगमा  भने कुनै असर गर्दैन ।’ 

१९९० पछि पहिलो पटक सिरी ए को उपाधि जित्ने होडमा रहेको नेपोलीको अंक तालिकामा ९ अंकको स्पष्ट अग्रता छ ।