लिभरपुल

हामी जितको खोजिमा थियौँः क्लोप

काठमाडौं । प्रशिक्षक योर्गाेन क्लोपले लिभरपुलको जितको लागि प्रतिक्षारत रहेको टिप्पणी गरेका छन् । एफए कपमा लिभरपुलले  उल्भरहमटनमाथि  १-० काे  जित निकालेको थियो । 
 

 लिभरपुललाई जित दिलाउन  खेलकाे १३ औँ मिनेटमा हार्भे इलियोटले गरेको एक मात्र  गोल पर्याप्त बन्यो । लिभरपुलले तिन दिन अघि मात्र प्रिमियर लिगमा ब्राइटनसँग ३-० लज्जास्पद हार ब्यहोरेको थियो ।
 

‘हामी वर्षाै अघि यस्तै राम्रो खेल्दै जित निकाल्थौँ’,क्लोपले भने,‘खेल निकै प्रतिस्पर्धात्मक बन्यो । हामी यस्तै जितको खोजिमा थियौँ ।’
 

यो लिभरपुलको कतार विश्वक २०२२ पछि घरेलु फुटबलमा तेस्रो जित हो । इएफएल कपमा लिभरपुल म्यानचेस्टर सिटीसँग ३–२ ले पराजित भएको थियो । लिभरपुलले एस्टोन भिल्ला र लेस्टर सिटी माथि जित निकाल्दा ब्रेन्फोर्डसँग हार ब्यहोरेको थियो ।
 

‘हामीले पहिलो हाफमा राम्रो खेल खेल्यौँ । अन्तिम समयसम्म हामीले खेलमा दबाब बनाइराख्यौँ’, क्लोपले भने ।