अस्ट्रेलियन ओपन

किज तेस्रो चरणमा

काठमाडौं । अमेरिकन खेलाडी म्याडिसन किज अस्ट्रेलियन ओपनको दोस्रो चरणमा  प्रवेश गरेकी छन् ।

विश्व वरीयताको १० औं नम्बरमा रहेकी किजले बुधबार सम्पन्न दोस्रो चरणको खेलमा चाइनिज खेलाडी वाङ सिन्युलाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।

किजले मलबर्नस्थित मर्गेट कोर्ट ऐरिनामा खेल ६-३ र ६-२ ले आफ्नो पक्षमा पारिन् । 

किजले रुसी खेलाडी एना बलिन्कोभालाई ६-४, ३-६ र  ६-२ तथा सिन्युले अस्ट्रेलियाकी स्ट्रोम स्यान्डरेसलाई ७-६(७-२) र ६-४ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका थिए ।

यसैगरी विश्व नम्बर एक इगा स्वायटेकले पनि  कोलम्बियाकी क्यामिला ओसोरियोलाई ६-२ र ६-३ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएकी छन् ।