आर्सनल

फेलिक्स अनुबन्धन गर्ने आर्सनलको इच्छा

लन्डन । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले पोर्चुगलका स्टार जोआवो फेलिक्सलाई अनुबन्ध गर्ने इच्छा देखाएको छ।

एट्लेटिको मड्रिडमा पर्याप्त मौका नपाएपछि २३  वर्षीय स्ट्राइकर फेलिक्स क्लब छाड्ने मनासयमा छन।

स्पेनसि पत्रिका मार्का अनुसार फेलिक्सलाई भित्र्याउन म्यानचेस्टर युनाइटेड, चेल्सी,एस्टन भिल्ला र पेरिस सेन्ट जर्मनले पनि चासो देखाएका छन ।

कतार विश्वकमप अन्तर्गत क्वार्टरफाइनलमा मोरोक्कोसँग १–० ले पराजित हुँदै बाहिरिनुअघि फेलिक्सले पोर्चुगलका लागि एक गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरेका थिए । 
 

स्टार स्ट्राइकर गाब्रियल जिसस घुँडाको शल्यक्रिया पछि करिब तीन महिना बाहिर रहने भएपछि आर्सनल नयाँ स्ट्राइकरको खोजिमा छ ।

विश्वपकपछि क्लब फुटबलमा ध्यान केन्द्रित गरेका फेलिक्सका लागि आर्सनल नै उपयुक्त क्लब हुने बताइएको छ ।