लियोनल मेसी

विश्वकप नतिजे पनि मेसीको प्रभाव घट्दैनः ग्वार्डिओरा

दोहा । अल्जेरियाका पूर्व मिडफिल्डर एड्लाइन ग्वार्डिओराले विश्वकप उपाधि जित्न नसके पनि त्यसले अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीको प्रभावमा कुनै नोक्सान नहुने बताएका छन् ।

ब्यवसायिक खेलजीवनमा उत्कृष्ट प्रदर्शन गरिरहेको भए पनि विश्व फुटबलको महाकुम्भको रुपमा रहेको विश्वकप जित्न नसकेको भन्दै मेसीको ओलोचना हुँदै आएको छ ।

‘पक्कै पनि विश्वकप उपाधि जिते मेसीले आफ्नो खेलजीवनको सबै उपलब्धी हासिल गर्नेछन्,ग्वार्डिओरले भने‘बार्सिलोना वा पिएसजीमा मेसीलाई खेल्दै गरेको देख्नु हाम्रा लागि  विशेष क्षण हो । उनले विश्वकप जित्न नसके पनि त्यसको विश्व फुटबलमा उनको प्रभाव घट्दैन ।

सातपटक बलोन डी अर विजेता मेसीको उत्कृष्ट प्रदर्शनको मद्दतमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

अर्जेन्टिनाले क्वार्टरफाइनलमा शुक्रबार नेदरल्यान्ड्सको सामना गर्नेछ । जारी विश्वकपका मेसीले टोलीका लागि तीन गोल गर्नुका साथै एक गोलका लागि अवसर सिर्जना गरेका छन् ।  

सन् २०१४ को फाइनलमा जर्मनीसँग १–० ले स्तब्ध हुँदा उपाधि नजिक पुगरे पनि मेसी र अर्जेन्टिना निरास हुनुपरेको थियो ।

मेसीका लागि कतार विश्वकप अन्तिम विश्वकप हुन सक्छ त्यसैले पनि उनी उपाधिका साथ अन्तर्राष्ट्रिय खेलजीवनको सुखद अन्त चाहन्छन ।