पेले

ब्राजिलका प्रशिक्षक टिटेले गरे पेलेको स्वास्थ्य लाभको कामना

दोहा । ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पेलेलाई पहिलो पटक भेट्दाको सम्झना गर्दै तीन पटकको विश्वकप विजेताको स्वास्थ्य लाभको कामना गरेका छन।

पेलेलाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो । बुधबार पेलेकी छोरीले एक विज्ञप्त्ती जारी गर्दै यो नियमित स्वास्थ्य जाँच भएकाले कसैलाई पनि निराश नुहन आग्रह गरेकी थिइन ।

तर संचारमाध्यमहरुले भने ८२ वर्षीय पेलेको शरीरले प्रतिक्रिया जनाउन छोडेकाले उनलाई दिँदै आएको किमोथेरामी रोकिएको जनाएका थिए । हाल पेलेको विशेष हेरचाह कक्षमा उपचार भैरहेको छ ।

अस्पतालले पनि पेलेको स्वास्थ्य स्थिती स्थिर रहेको जनाएको छ । पेले आइतबार सामाजिक संजालमार्फत आफ्नो स्वास्थ्प अवस्थाका बारेमा बारेमा अनावश्यक अपवाह नफैलाउन आग्रह गरेका थिए । उनले आफ्नो नियमित स्वास्थ्य जाँच भैरहेकाले हिम्मत नहारेको पनि बताएका थिए ।

कतार विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ मा दक्षिण कोरियाविरुद्ध खेलअघि टिटेले पेलेसँग पहिलो भेटको स्मरण गराएका हुन् ।

‘उहाँ सायद एक मात्र व्यक्ति हुनुहुन्छ जसलाई भेट्दा म निकै आत्तिएको थिए, उनले भने ‘यो मेरो लागि एकदमै भावनात्मक क्षण थियो । जुन क्षण म भुल्न सक्दिन । मलाई नै विश्वास लागिरहेको थिएन, म पेलेलाई भेट्दैछु भनेर । उहाँ साच्चै महान व्यक्तित्व हुनुहन्छ । स्वस्थ्य लाभको कामना पेले, म तपाईलाई यति मात्र भन्न सक्छु । यो कठिन क्षण हो । '

पेलेको शल्यक्रियामार्फत गत वर्ष कोलोनको ट्युमर निकालिएको थियो ।

कलियन एमबाप्पे, ह्यारी केन, भिनिसियस जुनियरजस्ता स्टार खेलाडीले सामाजिक संजालमार्फत पेलेको स्वास्थ्य लाभको कामना गरेका थिए ।

पेलेले १९५८, १९६२ र १९७० मा गरि तीन पटक विश्वकपको उपाधि जितेका थिए ।