ब्राजिल

नेइमारमाथि नियतवश फाउल गरिएको टेटेको दाबी

पेरिस । ब्राजिलका प्रशिक्षक टेटेले ट्युनिसियाका डेलान ब्रोनले नेइमारमाथि नियतवश फाउल गरेको दाबी गरेका छन् । 

टेटेले दुई महिनापछि हुने कतार विश्वकपमा नेइमारले खेल्न नसकुन भन्ने उदेश्यसहित उनीमाथि खराब फाउल गरिएको बताए । 

मंगलबार सम्पन्न मैत्रीपूर्ण खेलमा ब्राजिलले ट्युनेसियालाई ५–१ ले हराएको थियो । ४२औं मिनेटमा ब्रोनले नेइमारमाथि फाउल गरेका थिए । ब्रोन रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि ट्युनिसयाले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । 

‘खेलमा जित हार हुन्छ र त्यो स्विकार गर्नुपर्छ’, टेटेले भने,' तर नेइमारमाथि नियतवश खराब फाउल गरियो । त्यो गलत नियत थियो । नेइमार विश्वकपमा टोलीबाहिर रहुन् भन्ने उदेश्यसहित उनीमाथि ब्रोनले फाउल गरे । '

पाँच पटकको विश्व विजेता ब्राजिलले कतार विश्वकपमा समूह ‘जी’ मा सर्बिया, स्विट्जरल्यान्ड र क्यामरुनसँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिल पछिल्लो १५ खेलमा अपराजित रहँदै आएको छ ।