इङ्लिस प्रिमियर लिग

रोनाल्डोमाथि छैन ठूला क्लबको चासो, सकिएको हो उनको उपदेयता ?

लन्डन । क्रिस्टियानो रोनाल्डो फेरि क्लब परिवर्तन चाहन्छन्। हो उनी म्यानचेस्टर युनाइटेडका अलग हुने निष्कर्षमा पुगेका छन्। रोनाल्डो यस्तो बेला क्लब युनाइटेड छाड्न चाहिरहेका छन्, जतिबेला यो क्लब नयाँ प्रशिक्षकको नेतृत्वमा टिम पुनः निर्माणको चरणमा छ। र, ती नयाँ प्रशिक्षक एरिक टान हाग रोनाल्डो आफ्नो टिमको हिस्सा बनुन् भन्ने चाहन्छन्। 

गत वर्ष ठ्याक्कै यही समय रोनाल्डो नयाँ क्लब खोजिरहेका थिए। उनले युभेन्टस प्रशासनलाई भनिरहेका थिए, मलाई स्थान्तरण गर्न देऊ। सन् २०२१ को ‘समर ट्रान्सफर विन्डो’ सकिनु पाँच दिनअघि मात्रै रोनाल्डो आफ्नो पुरानो क्लब फर्किए। 

रोनाल्डो युनाइटेडतर्फ लागेपछि युभेन्टसका तत्कालिन कप्तान जियर्जियो किलिनीले फायर खोलेका थिए। उनको आरोप थियो, रोनाल्डोले यस्तो घडीमा युभेन्टस छाडे जतिबेला, टुरिनको क्लबसँग अर्को खेलाडी ल्याउने समय नै छैन। ‘उनले युभेन्टस छाड्ने मनसाय बनाइसकेका रहेछन्। अलिक अगाडि नै जानु पथ्र्यो नि,’ किलिनीको भनाइ थियो। 

यी दुई अभिव्यक्तिले के दोखाउँछ भने, ३७ वर्षीय रोनाल्डोलाई मनाउन टेन हाग आफ्नो रणनीति नै परिवर्तन गर्न तयार छन्। रोनाल्डोका लागि उपयुक्त हुने रणनीति प्रयोग गर्न तयार छन्।

युनाइटेडमा पनि रोनाल्डोले आफ्नो पुरानो बानी दोहो¥याएका छन्। नयाँ सिजनका लागि तयारी चलिरहेको छ। प्रिसिजनका खेल भइरहेका छन्। तर रोनाल्डोको अत्तोपत्तो छैन। रोनाल्डाले युनाइटेड नछाडुन् भन्ने चाहन्छन्, टेन हाग। उनको अभिव्यक्तिले पनि देखाइसकेको छ। ‘प्रेसिङ’ खेल खेलाउने प्रशिक्षकका रूपमा चिनिएका टेन हागको दुईवटा अभिव्यक्तिमा ध्यान दिन जरुरी छ। पहिलो, रोनाल्डो ‘हाई प्रेसिङ’ खेल्न सक्षम छन्। दोस्रो, कुनै पनि प्रशिक्षकले आफूसँग जस्ता खेलाडी छन्, त्यस्तै खेल रणनीति बनाउनु पर्छ। 

यी दुई अभिव्यक्तिले के दोखाउँछ भने, ३७ वर्षीय रोनाल्डोलाई मनाउन टेन हाग आफ्नो रणनीति नै परिवर्तन गर्न तयार छन्। रोनाल्डोका लागि उपयुक्त हुने रणनीति प्रयोग गर्न तयार छन्। 

युनाइटेडसँग सम्झौता गर्दैगर्दा टेन हागले रोनाल्डो आफ्नो टिममा रहने विश्वास गरेका थिए। रोनाल्डो हुने भएपछि तत्कालका लागि नयाँ स्ट्राइकर खोजी गर्नु नपर्ने उनको निष्कर्ष थियो। तर रोनाल्डोको निर्णयले टेन हागको योजना भताभुंग बनाउन सक्ने खतरा बढेको छ। 

पाँच पटक बालोन डी ओर जितेका रोनाल्डोलाई खरिद गर्ने क्लबको खडेरी नै परेको हो त? होइन। तर ती क्लबले विभिन्न कारणले रोनाल्डोसमक्ष स्थान्तरणको प्रस्ताव राख्न सकिहालेका छैनन्। ती क्लब र कारणबारे यहाँ चर्चा गरिएको छ।

रोनाल्डोले क्लब छाडिहाले युनाइटेडले नयाँ स्ट्राइकर खरिद गर्नुपर्नेछ। यो काम सजिलो छैन। किनभने बजारमा राम्रा स्ट्राइकरको अभाव छ। सरुवा बजारमा उपलब्ध रहेका एर्लिङ हालान्ड र डार्विन नुनेज क्रमशः म्यानचेस्टर सिटी र लिभरपुलले अनुबन्ध गरिसकेकाले युनाइटेडसँग विकल्प कम छन्।

उसो त रोनाल्डोको इच्छा पूरा हुन्छ भन्ने छैन। किनभने उनलाई अनुबन्ध गर्ने चासो कुनै क्लबले देखाइसकेका छैनन्। रोनाल्डोले गत सिजन देखाएको लयलाई युरोपका ठूला क्लबले नजरअन्दाज गरेका छैनन्। तर अहिलेसम्म युनाइटेडसमक्ष कसैले पनि स्थान्तरको प्रस्ताव राखिहालेको छैन। 

रोनाल्डो आउँदो सिजन च्याम्पियन्स लिग खेल्न चाहन्छन्। रोनाल्डोले स्थान्तरणको माग गर्नुको एक कारण हो, च्याम्पियन्स लिग खेल्न नपाएर पनि हो। रोनाल्डोका एजेन्ट जर्ज मेन्डेस जसरी भए पनि पोर्चुगिज कप्तानलाई च्याम्पियन्स लिग खेल्ने क्लबमा सरुवा गराउने प्रयासमा जुटेका छन्। 

पाँच पटक बालोन डी ओर जितेका रोनाल्डोलाई खरिद गर्ने क्लबको खडेरी नै परेको हो त? होइन। तर ती क्लबले विभिन्न कारणले रोनाल्डोसमक्ष स्थान्तरणको प्रस्ताव राख्न सकिहालेका छैनन्। ती क्लब र कारणबारे यहाँ चर्चा गरिएको छ। 


एट्लेटिको मड्रिड 
केही अबखारले लेखेका छन्, रोनाल्डो स्पेनिस राजधानीको एट्लेटिको जान चाहन्छन् भनेर। यो खबर अचम्म बनाउने खालको छ। पहिलो कारण, रोनाल्डो त्यत्तिका वर्ष खेलेको रियल मड्रिडको प्रतिद्वन्द्वी हो एट्लेटिको। फेरि रोनाल्डो र एट्लेटिको समर्थकबीच सम्बन्ध त्यसै पनि राम्रो छैन। केही वर्षअघि वान्डा मेट्रोपोलिटानोमा एट्लेटिको र युभेन्टसबीच भएको च्याम्पियन्स लिग खेल दौरान रोनाल्डोले स्थानीय समर्थकलाई ‘मैले पाँच पटक च्याम्पियन्स लिग जितेकु छु, जुन तिमिहरुको भन्दा धेरै हो’ भनेर गिज्जयाएका थिए।

योबाहेक अरु पनि समस्या छन्। जसले रोनाल्डोको एट्लेटिकोतर्फको स्थान्तरण असम्भव बनाउँछ। त्यसमध्येको एक हो, डिएगो सिमओनेको रणनीति। जुन रक्षात्मक छ। अनि सिमओने आफ्ना खेलाडीबाट ‘फिजिकल गेम’ पनि चाहन्छन्। फेरि रोनाल्डोको तलब मागसँग पनि एट्लेटिको सहमत हुने सम्भावना निकै कम छ। 

युभेन्टस
रोनाल्डोलाई खरिद गर्नसक्ने अर्को क्लब हो, युभेन्टस। हो, दोस्रो पटक। जबकि रोनाल्डोको पहिलो बसाइ सुखद ढंगले अन्त्य भएन। हुन त उनले टुरिनमा तीन सिजन खेल्दा दुई पटक सिरी ए उपाधि पनि जितेका हुन्। क्लबको मात्र होइन, लिगकै उच्च गोलकर्ता पनि भएका हुन्। 

तर उनी त्यहाँ समर्थकको प्रिय हुन सकेनन्। र, यसको कारण युभेन्टसलाई च्याम्पियन्स लिग जिताउन नसक्नु हो। उनलाई युभेन्टसले खरिद गरेको मुख्य कारण नै च्याम्पियन्स लिग जित्न थियो। तर यो लक्ष्यमा युभेन्टु सफल हुन सकेन। घरेलु लिग त उसले रोनाल्डोबिनै जितिरहेकै थियो नि। बरु रोनाल्डोको अन्तिम सिजन त युभेन्टस लिगमा पनि असफल भयो। 

आफू सम्मिलित युभेन्टस सिरी ए उपाधि होडमा मिलान सहरका दुई क्लबभन्दा पछडि परेपछि रोनाल्डो निराश बने। त्यसपछि उनले सजिलो उपाय अपनाए, क्लब स्थान्तरण। त्यो पनि त्यस्तो समय, जब युभेन्टससँग नयाँ फरवार्ड खोज्न पर्याप्त समय नै थिए। 
रोनाल्डोले छाडेको करिब ६ महिनापछि युभेन्टसले नयाँ फरवार्ड खरिद ग¥यो। ती थिए, सर्बियाका डुसान भ्लाहोभिच। जसलाई युभेन्टसले हालान्डसँग दाँजेर अनुबन्ध गरेको थियो।

युभेन्टसका लागि रोनाल्डो किन विकल्प हुनसक्छन्? दुई कारणले। पहिलो, भ्लाहोभिचसँग युभेन्टसको अग्रपंक्ति सम्हाल्न सक्ने खुबी छ कि छैन, प्रष्ट नहुनु। दोस्रो, पाउलो डिबाला एएस रोमा जानु। तर यति भनिरहँदा एउटा प्रश्न भने उठ्छ। के युभेन्टससँग पाका रोनाल्डोमाथि खर्च गर्न पर्याप्त आर्थिक स्रोत छ? यो प्रश्न किन पनि सोधिएको हो भने, पछिल्लो समय उसको आर्थिक अवस्था सुदृढ छैन। 

रोनाल्डोले रियल मड्रिडको जर्सीमा नौ सिजन खेले। लिगमा मात्रै २९२ खेल खेलेर ३११ गोल गरे। उपाधिको कुरा गर्ने हो भने, रोनाल्डोले त्यहाँ चार पटक च्याम्पियन्स लिग र दुई पटक ला लिगा जित्न सफल भएका थिए।

पेरिस सेन्ट जर्मेन (पीएसजी)
पीएसजीको अग्रपंक्तिमा अहिले लियोनल मेस्सी, किलियान एम्बाप्पे र नेइमार खेल्छन्। यी तीनमध्ये  नेइमारको स्थान लेफ्ट विंग हो। उनलाई पीएसजी बेच्न चाहिरहेको खबर आइरहेका छन्। यदि नेयमारको पीएसजी बहिर्गमन पक्का हो भने, लेफ्ट विंगमा खेल्ने खेलाडीको खोजी हुनेछ। त्यतिबेला रेनाल्डो पीएसजीका लागि मजबुत विकल्प हुनसक्छन्। 

तर नेयमारको स्थान्तरण सजिलो छैन। किनभने उनी रोनाल्डो जस्तै धेरै तलब माग्ने खेलाडी हुन्। उनलाई जोेकोहीले अनुबन्ध गर्न सक्दैन। पीएसजीसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका उनको स्थान्तरण रकम पनि अत्यधिक हुनेछ। 

फेरि विश्वकपअघि नेयमारले स्थान्तरणका लागि सहमति दिन सम्भावना न्यून छ। नयाँ क्लबमा अभ्यस्त हुन समय लाग्ने र त्यसको असर राष्ट्रिय टिमको प्रदर्शनमा पर्ने नेयमारको आँकलन छ। यसो हुँदा उनको स्थान्तरण र उनको स्थानमा रोनाल्डोलाई लाने चर्चा हाललाई चर्चामै सीमित हुने सम्भावना छ। 

चेल्सी 
चेल्सीमा नयाँ व्यवस्थापन समूह छ। जो रोमेलु लुकाकुको ठाउँमा नयाँ फरवार्ड ल्याउने प्रयासमा छ। सायद यही कारण केही समयअघि रोनाल्डो चेल्सीसँग पनि जोडिएका थिए। रोनाल्डोका प्रतिनिधि चेल्सीतर्फको सम्भावित स्थान्तरणलाई लिएर उत्साहित रहेको पनि बताइँदै थियो। तर प्रशिक्षक थोमस टुकलले यो सम्भावनालाई पूर्णविराम लगाइदिएको चर्चा छ। 

टुकल चेल्सीमा आफ्नो रणनीतिमा चल्न सक्ने खेलाडी मात्रै रहुन् वा आउन् भन्ने चाहन्छन्। टुकलको रणनीतिमा फिट नभएकै कारण लुकाकुलाई इन्टर मिलान पठाइएको हो। आफ्नो रणनीति अनुसार खेल्न नसक्ने रोनाल्डोलाई अनुबन्ध गर्न टुकल किन तयार हुन्थे र? 
बरु उनले रहिम स्टर्लिङलाई भित्र्याएका छन्। जो रोनाल्डोभन्दा १० वर्षले कान्छा छन्। गोल गर्ने मामलामा अब्बल छन्। अनि टुकलको रणनीतिमा फिट हुने विंगर हुन्। 

रियल मड्रिड 
रोनाल्डोले रियल मड्रिडको जर्सीमा नौ सिजन खेले। लिगमा मात्रै २९२ खेल खेलेर ३११ गोल गरे। उपाधिको कुरा गर्ने हो भने, रोनाल्डोले त्यहाँ चार पटक च्याम्पियन्स लिग र दुई पटक ला लिगा जित्न सफल भएका थिए। 

उनी दोस्रो पटक रियल जाने चर्चा छ। यो चर्चालाई मलजल गर्ने काम रोनाल्डोका एजेन्ट मेन्डेजले गरेका छन्, केही सायअघि निजी विमानमा मड्रिड सहरमा ओर्लिएर। तर यसैलाई मात्र आभार मानेर रोनाल्डोको रियलतर्फको स्थान्तरणबारे चर्चा गर्न सकिँदैन। 
नयाँ सिजनका लागि टिम बलियो बनाउन रियलले पीएसजीका युवा फरवार्ड एम्बाप्पेलाई भित्र्याउन खुबै प्रयास ग¥यो। रियलका अध्यक्ष फ्ला्रिन्टनो पेरेज र एम्बाप्पेबीच कुराकानी भएको पनि बताइँदै थियो। जे होस्, फ्रेन्च राष्ट्रिय टिमका मुख्य खेलाडी मानिने एम्बाप्पे सन् २०२२-२३ सिजन रियलबाट खेल्ने लगभग पक्कापक्की जस्तै थियो। 

तर अन्ततः उनले पीएसजीसँग नयाँ सम्झौता गरे। एम्मबाप्पेले ‘धोका’ दिएपछि रियलले अर्को फरवार्ड अनुबन्ध गरेको छैन। यसकारण त्यो टिममा फरवार्डका लागि स्थान छ। तर फेरि पेरेजले कप्तान करिम बेन्जेमा र युवा फरवार्ड भिनिसियस जुनियरकै बलमा नयाँ सिजन सुरुवात गर्न सक्ने सम्भावना पनि प्रबल छ। रोनाल्डोले छाडेको लेफ्ट विंगमा मज्जाले जमेका भिनिसियसले रियलमा असाधारण प्रदर्शन गरिरहेका छन्। 

उसो त रोनाल्डोले आफैँले पनि रियलसँगको कथा लेखिसकिएको बताएका थिए। उनको आशय थियो, अब रियलसँगको अध्याय सकिएको छ। तर युरोपियन फुटबलमा यस्ता वाचा बारम्बार तोडिएका छन्।

बायर्न म्युनिख
रोबर्ट लेवान्डोस्कीलाई गुमाएका बायर्न म्युनिख स्वाभाविक रूपमा नयाँ फरवार्डको खोजीमा छ। लेवान्डोस्की र रोनाल्डोको खेल स्वभाव मिल्दैन। तर रोनाल्डोले लेवान्डोस्कीको बहिर्गमनबाट बायर्नमा सिर्जना हुनसक्ने गोलको खडेरीलाई भने तोड्न सक्छन्। 

अब रोनाल्डोबारे बायर्नका नेतृत्वकर्ताहरूले दिएको अभिव्यक्तितर्फ जाऔँ। युभेन्टसले १० करोड युरो हालेर रोनाल्डोलाई किनेपछि बायर्नका तत्कालिन प्रमुख उली होइनेसले भनेका थिए, ‘बायर्नले रोनाल्डोका लागि यत्तिको पैसा खर्च गर्दैन,’
हुन त बायर्नमा अहिले नयाँ व्यवस्थापन समूह छ। खेलाडी किनबेचको जिम्मेवारी ओलिभर कानले लिएका छन्। उनले हालै रोनाल्डोको विषयमा आफ्नो धारणा दिएका छन्। ‘म रोनाल्डोलाई उच्चस्तरको खेलाडी मान्छु। तर उनी बायर्नको फुटबल दर्शनमा अट्छन् जस्तो लाग्दैन।’

रोनाल्डोको मामलामा कानको जस्तै भनाइ अरु क्लबले पनि राख्न सक्छन्। किनभने युरोपका ठूला क्लबहरू पाकाभन्दा युवा खेलाडी अनुबन्ध गर्न लालायित देखिने गरेका छन्। चाहे कीर्तिमानी रकम नै तिर्न किन नपोरस्। 

फुटबल सरुवा बजार अप्रत्याशित चरित्रको हुन्छ। जो खेलाडी पनि जता पुग्नसक्छ। खेलाडीले अन्तिम क्षणमा क्लब परिवर्तन गरिरहेका हुन्छन्। जसरी रोनाल्डो युभन्टस छाडेर युनाइटेड गए, त्यसरी नै उनी अर्को क्लब जान सक्छन्। त्यो पनि सरुवा बजार बन्द हुनेहुने बेलामा। 

तर अहिलेको परिस्थिति उनको पक्षमा देखिएको छैन। यस्तोमा एउटा स्वाभाविक प्रश्न उठेको छ, के ठूला क्लबले रोनाल्डोको उपदेयता सकिएको ठानेका हुन्।