मुवाँथाईको ग्रेडिङ

मुवाँथाईको ग्रेडिङ सम्पन्न

काठमाडौं । मुवाँथाईको ग्रेडिङ (आर्म ब्यान्ड टेस्ट) शनिबार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघले आयोजना गरेको ग्रेडिङमा २२ खेलाडी सहभागी थिए । जसमध्ये २० पुरुष र २ महिला खेलाडी थिए ।

सहभागीले स्पाइरिङ, बेसिक, फिजिकल, दौड, टेक्निक, प्याडिङ र लिखित परीक्षा दिएका थिए । रेड/ह्वाइटमा १, रेडमा ३, ब्राउन ह्वाइटमा १, ब्राउनमा ३, ब्लुमा ६, ग्रिन र यल्लो ह्वाइटमा २–२ तथा यल्लो ह्वाइटमा ४ जना सहभागी थिए ।

ग्रेडिङ आयोजक संघका अध्यक्ष समेत रहेका मुख्य प्रशिक्षक गणेशलाल कक्षपतिले सञ्चालन गरेका थिए । नतिजा २ हप्तापछि सार्वजनिक गर्ने आयोजकले जनाएको छ । एकदिने ग्रेडिङ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा रहेको मुवाँथाईको आफ्नै हलमा भएको थियो ।