स्पेनिस ला लिगा

डी जोङलाई युनाइटेड जान बार्सिलोनाको प्रस्ताव

मड्रिड । स्पेनिस ला लिगाको क्लब बार्सिलोना पछिल्लो केही सिजनयता निरन्तर आर्थिक संकटबाट जुधिरहेको छ । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लोवान्डोवस्कीले सार्वजनिक रुपमै क्याम्प नोउ आउने इच्छा व्यक्त गरे पनि बार्सिलोनाले आर्थिक समस्याकै कारण प्रस्ताव अघि नबढाएको बताइएको थियो ।

बार्सिलोनाले यस सिजन फ्रयांकी डी जोङलाई आकर्षक रकममा म्यानचेस्टर युनाइटेडमा पठाउने र उनको स्थानमा अन्य केही खेलाडी भित्राउने योजना बनाएको थियो । तर डी जोङले क्याम्प नोउमै बस्ने बताएपछि बार्सिलोनाको दबाबमा परेको छ । यद्धपी बार्सिलोनाले डी जोङलाई क्याम्प नोउमै बस्दा तलब सुबिधा घटाउने प्रस्तावमा सहमत हुन आग्रह समेत गरेको छ ।

डच मिडफिल्डर डी जोङको पारिश्रमिक महंगो भएकाले उनलाई अन्यत्र पठाउँदै बार्सिलोना आर्थिक भार गर्न चाहन्थ्यो ।

बार्सिलोनाले नयाँ सिजनका लागि लिड्स युनाइटेडका राफिन्हालाई ल्याउने सहमती गरिसकेको छ भने फ्रान्क केइसीलाई भित्राइसकेको छ । बार्सिलोनाले बिहीबार मात्र ओसामाने डेम्बेलेसँगको सम्झौता नविकरण गरेको थियो ।