एन्जल्स एसइइ कप

ए वान फुटसल दोस्रो चरणमा

काठमाडौं । ए वान फुटसल ‘ए’ मंगलबार प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगितामा दोस्रो चरणमा प्रवेश गरेको छ ।

एन्जल्स हार्ट कलेजको आयोजनामा जारी प्रतियोगितामा ए वान फुटसल ‘ए’ ले एसएफसीलाई ५–० गोलले हरायो ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको ए वान फुटसलमा जारी प्रतियोगितामा गैरीगाउँले एन्जल्स हार्टलाई १–०, जीवाइसीले अलुफ एफसीलाई ८–० र मनास्लुले एमजेजेएसलाई ३–१ ले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरे । साथै, ए वान फुटसलको ‘बी’ पनि दोस्रो चरणमा पुगेको छ ।

योसँगै प्रतियोगिताको लिग चरणका १० खेल सम्पन्न भएको छ । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैंया प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेताले एन्जल्समा माध्यमिक शिक्षा गर्न चाहेमा सतप्रतिशत छुट, उपविजेता टिमको खेलाडीलाई ७५ प्रतिशत र सहभागीलाई ३५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले जानकारी दिए ।

लिग कम नकआउट पद्दतिमा जारी प्रतियोगिता असार ३१ गतेसम्म चल्ने छ ।